Saturday , May 28 2022
Breaking News
Home / आर्थिक / यस्तो रह्यो यस सातामा सुनचाँदीको मूल्य कस्तो रह्यो, जानौ

यस्तो रह्यो यस सातामा सुनचाँदीको मूल्य कस्तो रह्यो, जानौ

यस्तो रह्यो यस सातामा सुनचाँदीको मूल्य कस्तो रह्यो, जानौ, यो साता सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार तोलामा ९२ हजार ६०० कायम भएको सुनको मूल्य यो साताको आइतबार ४०० ले घटेर कारोबार सुरु भएको थियो । यस्तै, सोमबार पनि तोलामा ४०० रुपैयाँले घटेको थियो । त्यसपछि, मंगलबार १०० रुपैयाँ र बुधबार ३०० र बिहीबार ५०० रुपैयाँले बढ्दै शुक्रबार २०० ले घटेको हो ।

यसैगरी, महासंघले साताभरमा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको जानकारी दिएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ६५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँ कायम छ ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ आफू पनि बचौ अरु लाई पनि बचाउ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

About admin

Check Also

आइतबार घटेको सुनको मूल्य आज पनि ओरालो लाग्यो… !

आइतबार घटेको सुनको मूल्य सोमबार पनि घटेको छ । आइतबार तोलामा चार सय रुपैयाँ घटेको …

Leave a Reply

Your email address will not be published.