Sunday , May 22 2022
Breaking News
Home / जीवनशैली / २०७८ साल माघ २३ गते आइतबार, हेर्नुहोस् यस्तो छ तपाईको राशि अनुसारको भाग्यफल…

२०७८ साल माघ २३ गते आइतबार, हेर्नुहोस् यस्तो छ तपाईको राशि अनुसारको भाग्यफल…

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :– शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने गर्नुहोला । नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :– चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । टाढाको यात्रा गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :– माता, पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ । पढाईमा अवरोध आउने छ । आजको कुनै निर्णय खराब हुन सक्छ, निर्णय गर्दा अलि विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । काम रोकिनुका साथै मान सम्मानमा आघात पुग्न सक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :– नगद सहयोग गर्न बन्द गर्नुहोला, बलभन्दा बुद्धिको काममा जोडदिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने छन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । राम्रै फाइदाको योग छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :– धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनु पर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :– घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । सोचेको समयमा सम्पादन गर्न नसकिएला । आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :– हड्डी, नशाा र पेटका समस्या बढ्ने हुनाले खानपानमा एकदम नै सजक रहनु होला । गोपनियतामा निरन्तर रहनु उचित छ । आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, कसैसँग झगडा हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :– पति पत्नीबीच विवाद बढ्नेछ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् । बोलीको भरमा काम सम्पादन हुने योग छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :– नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । कही मिष्ठान्न भोजन खाने अवसर पनि प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । काम लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :– बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडी बढ्नेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्याउनु होला । सन्तानले प्रसन्नता दिलाउनेछन् ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :– आम्दानी सिमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुन सक्छ । प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :– हाड जोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । व्यापारतर्फ फाइदाको योग छ ।

About admin

Check Also

यस कारण बुहारीहरु बुधवार घर जानु हुँदैन ?

शास्त्रहरूमा हप्ताको हरेक दिन कुनै विशेष कार्य गर्न निषेध गरिएको छ । यसमा दैनिक जीवनसँग …

Leave a Reply

Your email address will not be published.