काठमाडौं । आउँदो आइतबार देशैभरका शिक्षणसंस्थामा सार्वजनिक बिदा दिइएको छ ।
सरस्वती पूजाको अवसरमा देशैभरका शिक्षण संस्थाले सार्वजनिक बिदा पाएका हुन् ।
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोतित हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ ।
उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस्
संगीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यिनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आज सरस्वती पूजाका दिन यो आलेख श्री गणेश गर्न चाहन्छौं ।
आज सरस्वती पूजा । अर्थात्, श्रीपञ्चमी । हामी सरस्वतीलाई विद्याकी देवी मान्छौ र आरधनासहित श्रीपञ्चमी मनाउँछौं ।
आज साना नानीहरुका निम्ति अक्षराम्भ गर्ने दिन हो । सरस्वती पूजा या श्रीपञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन हो ।
आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता राखिन्छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट क्रमशः अब कोइलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम वसन्तको सेरोफेरोमा स्वागत छ ।
वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त ब्यवहारिक आयाम छन् । यी संस्कार नेपालीपनका अभिन्न अङ्ग मानिन्छन् । हलो, गोरु, माटो, बोट–बिरुवा, कुकुर लगायत चेलीबेटी, औजारहरु अनि अन्नबालीका साथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन हो ।
ब्रह्मा भिभर्त पुराण’मा प्रष्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान श्रीकृष्णले वरदान दिएका हुन् ।
विद्यालयहरुमा त आज विशेष पूजा–आजाका साथ रमाइलो चहलपहल हुन्छ । तराईतिर आजको दिन रंगीन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूmलहरू प्रसादीका रुपमा बाँडिन्छ