Saturday , May 28 2022
Breaking News
Home / समाचार / जिमेलमा परिवर्तन गर्दै गुगल, अब इमेल, च्याट, मिट लगायत यस्ता फिचर एकैठाउँमा

जिमेलमा परिवर्तन गर्दै गुगल, अब इमेल, च्याट, मिट लगायत यस्ता फिचर एकैठाउँमा

जिमेलमा परिवर्तन गर्दै गुगल, अब इमेल, च्याट, मिट लगायत यस्ता फिचर एकैठाउँमा, विश्वको सर्वाधिक लोकप्रिय इमेल सेवा जिमेलको डिजाइन परिवर्तन हुने भएको छ ।

नयाँ डिजाइनसँगै अब जिमेल प्रयोगकर्ताले गुगल च्याट, गुगल मिट र गुगल स्पेस एकै ठाउँमा पाउनेछन् । नयाँ जिमेल एक एकीकृत प्लाटर्फम बन्नेछ । जिमेलका सबै प्रयोगकर्ताका लागि यो नयाँ अपडेट यो वर्षको दोस्रो त्रैमासिकसम्ममा उपलब्ध हुने बताइएको छ । अर्थात् आगामी जुलाई सम्ममा जिमेल प्रयोगकर्ताले जिमेलको नयाँ इन्टरफेस देख्न पाउनेछन् ।

गुगल वर्कस्पेस परियोजनाका अनुसार फेब्रुअरी ८ देखि उक्त नयाँ इन्टरनेट परीक्षणका लागि सुरु गरिनेछ । नयाँ डिजाइनमा जिमेलमा चारवटा बटन रहनेछन् जसमा प्रयोगकर्ताले जिमेलको इमेल, च्याट, स्पेस वा मिट जुन प्लाटर्फममा जान चाहेको हो सजिलैसँग स्वीच हुन सक्नेछन् ।

हाल प्रयोगकर्ताका लागि जिमेल, च्याट तथा मिटका लागि एक संयुक्त लेआउट उपलब्ध रहेको छ । नयाँ अपडेट सँगै प्रयोगकर्ताले एक पटकमा केवल एउटा बटनको मात्र विस्तारित भ्यू देख्न सक्नेछन् ।

साथै नयाँ इन्टरफेसमा प्रयोगकर्तालाई नोटिफिकेसन बबल पनि प्राप्त हुनेछ जसले उनलाई अर्को ट्याबका बारेमा पनि जानकारी दिनेछ । स्मरण रहोस् गुगलले आफ्नो वर्कस्पेसमा हुने परिवर्तनको घोषणा गत सेप्टेम्बरमै गरेको थियो ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.