Wednesday , May 18 2022
Breaking News
Home / समाचार / नेपालमा संक्रमणको बारेमा आयो यस्तो सङ्केत

नेपालमा संक्रमणको बारेमा आयो यस्तो सङ्केत

काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ७१४ जना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ९ लाख ६५ हजार २२२ जना पुगेको छ। कुल संक्रमितमध्ये ५२ हजार ७८० जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार ७७१ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६३९ पुगेको छ।

उक्त अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ। हाल १३१ जना क्वारेन्टाइनमा छन्। २५१ जना आइसीयू र ४९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

हाल देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित छन्। यस्तै काठमाडौं उपत्यकामा ४६३ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३१६, ललितपुरमा १०४ र भक्तपुरमा ४३ संक्रमित थपिएका छन्।

About admin

Check Also

सार्वजानिक यातायात चढ्नेहरुकाे लागि एका बिहानै आयाे यस्ताे दु:खि बनाउने खबर !

सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। बुधबार अर्थात् भोलि जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले …

Leave a Reply

Your email address will not be published.