को’रोना म’हामारी फैलाउन जिम्मेवार सार्स–कोभ–टू को नयाँ भेरियन्ट फेला परेको छ ।सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको यो भेरियन्टविश्वका अन्य मुलुकहरूमा फैलिएको पाइएको हो
यो भेरियन्ट थप स’ङ्क्रामक र खोपको असरबाट बच्ने बताइएको छ।दक्षिण अफ्रिकाको नेशनल इन्सटीट्यूट फर कम्युनिकेबल डिजज (एनआईसीडी)
र क्वाजुलु–नेटाल रिसर्च इनोवेसन एन्ड सिक्वेन्सिङ प्ल्याटफर्म (केआरआईएसपी) का वैज्ञानिकका अनुसार यो वर्षको मे महिनामा पहिलोपटक सी.१.२ भेरियन्टको बारेमा पत्ता लागेको थियो ।*
१३ अगस्तसम्म यो भेरियन्ट चीन, रिपब्लिक अफ कंगो, मरिसियस, बेलायत, न्यूजिल्याण्ड, पोर्चुगल र स्वीटजरल्याण्डसम्म फैलिसकेको थियो ।
Read more
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले ओमिक्रोनलाई कोरोना महामारीको अन्तिम भेरियन्ट सम्झिनु खतरनाक हुनसक्ने बताएका छन् । संयुक्त राष्ट्रको हेल्थ एजेन्सी एक्जेक्युटिभ बोर्ड बैठकमा उनले सो कुरा बताएका हुन् ।
यद्यपि, उनले महामारीबाट बच्नका लागि व्यापकरुपमा उपायहरू अपनाए यो वर्षको अन्तिमसम्ममा यो अन्त्य पनि हुन सक्ने आशा व्यक्त गरेका छन् ।
उनले भविष्यमा यस्तो हालत रोक्नका लागि अहिलेको महामारीबाट पाठ सिक्न र नयाँ समाधान खोज्न जरुरी रहेको बताए । यसका लागि हामीले महामारीको अन्त्यलाई पर्खन नहुने उनको जिकिर थियो ।
विश्व स्वास्थ्य संगठनका प्रमुखका अनुसार पछिल्लो हप्ताको तथ्याङ्कलाई ध्यान दिने हो भने हरेक तीन सेकेण्डमा १०० जना कोरोना संक्रमित बनेका छन् भने हरेक १२ सेकेण्डमा एक जनाले ज्यान गुमाएका छन् ।