Saturday , May 28 2022
Breaking News
Home / प्रमुख समाचार / काठमाडौमा किन एकै दिन यति धेरै सवारी चालक कारवाहीमा परे?

काठमाडौमा किन एकै दिन यति धेरै सवारी चालक कारवाहीमा परे?

काठमाडौ । कोभिडको संक्रमणको महामारीकाबीच ट्राफिक ब्यवस्थापनमा पनि निकै नयाँ नियमहरु लागू भएका छन् ।नियम उल्लंघन गर्नेहरु कारवाहीमा पर्छन । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार २६५ जना सवारी चालकलाई कारवाही गरेको छ ।

आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना, रातो बत्तीको उल्लंघन गर्ने ४८ जना चालक रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५७ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना र मदिरा पिएर सवारी साधन चलाउने ४५ जना पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

About admin

Check Also

नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! (हेर्नुहाेस् विवरण सहित)

फागुन १ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे …

Leave a Reply

Your email address will not be published.