Wednesday , May 18 2022
Breaking News
Home / समाचार / काठमाडौंको टोखा र बालाजु बाइपासबाट एक-एकजना पक्राउ, धन्दापनि गजबको रहेछ

काठमाडौंको टोखा र बालाजु बाइपासबाट एक-एकजना पक्राउ, धन्दापनि गजबको रहेछ

२५ माघ, काठमाडौं । प्रहरीले स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का २९ वर्षीय नवराज ढुंगाना छन् ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको विशेष टोलीले उनलाई मंगलबार बालाजु बाइपासबाट पक्राउ गरेको कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले बताए ।

उनका अनुसार ढुंगानाले हुण्डीको रकम बोकेर हिँडेको पाइएको छ । उनलाई जापान बस्ने एक युवकले रकम दिन भनेका थिए । ढुंगानामाथि थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजु बुझाइएको छ । बालाजुले राजश्व अनुसन्धान विभाग पठाउने छ ।

यसैगरि, प्रहरीले फरार रहेकी प्रतिवादी महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएकी हाल काठमाडौंस्थित टोखामा बस्ने ४१ वर्षीया अम्बिका बुढाथोकी रहेकी छन् ।

बुढाथोकीले सिद्धार्थ बैंक लिमिटेड, धनेश्वर, काठमाडौंमा रहेको आफ्नै नामको खाताबाट पर्याप्त रकम नभएको जान्दाजान्दै पनि रकम भुक्तान गर्नका लागि जाहेरवालालाई चेक दिएकी थिइन् ।

उनलाई उच्च अदालत पाटनबाट आइतबार बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा १७ लाख ४२ हजार ८७७ रुपैयाँ जरिवाना र ६ दिन कैद हुने ठहर गरेको थियो ।

अदालतको फैसलापछि केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बुढाथोकीलाई ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको प्रहरी उपनिरीक्षक कमल थापाले जानकारी दिए ।

About admin

Check Also

काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिते चितवनका तीन जना विद्यार्थीले नगद पुरस्कार पाउने …

Leave a Reply

Your email address will not be published.