Wednesday , May 18 2022
Breaking News
Home / समाचार / डेड वर्षदेखि बन्द मलेसियाको रोजगारी फेब्रुअरी १४ बाट खुल्दै ?

डेड वर्षदेखि बन्द मलेसियाको रोजगारी फेब्रुअरी १४ बाट खुल्दै ?

मलेसिया जाने नेपाली श्रमिकको औंठा छाप (फिंगरीङ) लिने भन्दै नेपालसहित श्रोत देशमा स्थापना गरिएको अध्यागमन सुरक्षा जाँच (आईएससी)को संयन्त्रलाई हटाइएको छ ।अब मलेसिया जाने श्रमिकले फिंगरीङ गर्न छुट्टै संयन्त्रमा जानु नपर्ने भएको छ ।नेपालमा फिंगरीङ गर्ने जिम्मेवारी पाएका जिएसजीका सञ्चालक गोविन्द थपलियाले यसको पुष्टि गरेका छन्

अब पहिला जसरी फिंगरीङ गर्नुपर्दैन । कोभिडपछि यो बन्द छ । तत्कालका लागि हाम्रो कम्पनीले फिंगरीङ गर्दैन’, उनले भने,‘अब बायोमेडिकल मात्रै गरे हुन्छ ।’

मलेसियाको आवासीय कानुन विपरीत कार्य गरी कारबाहीमा परी फर्केको श्रमिकको पहिचान गर्न नेपालसहित श्रोत देशमै २०१६ देखि फिंगरीङ गर्ने व्यवस्था गर्दैआएको थियो । फिंगरीङ गरेवापत श्रमिकले ३२ सय रुपैयाँ बुझाउनु पर्थ्यो ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आइएससी, बायोमेडिकल र वान स्टेप सेन्टरको सेवा लिँदा श्रमिकमाथि अनावश्यक भार तिर्नुपरेको भन्दै मलेसिया जान रोक लगाएका थिए ।

त्यसपछि यी संयन्त्रलाई बुझाउनुपर्ने रकम रोजगारदाताबाटै ब्यहोर्ने गरी श्रम सम्झौता भएको थियो । जस अनुसार फिंगरीङ र बायोमेडिकल गरेपछि नेपालमा श्रमिकले बुझाएको रकम रोजगारदाताले पहिलो महिनामा नै तलबमा सोधभर्ना गर्ने सहमति भएको थियो ।

यो रकम रोजगारदाताले ब्यहोर्नुपर्ने भएपछि रोजगारदाताहरूले सुरक्षा जाँचको लागि गरिने फिंगरीङ हटाउन मलेसिया सरकारलाई दबाब दिँदैआएको थियो ।

यसअघि फिंगरीङ एउटै खर्चमा बायोमेडिकलबाट हुँदै आएको थियो । ‘मलेसियाबाट अर्को सूचना जारी नभएसम्म फिंगरीङ हुँदैन’, थपलियाले भने ।

डेड वर्षदेखि बन्द मलेसियाको रोजगारी फेब्रुअरी १४ बाट खुल्दैछ । क्वलालम्पुरस्थित नेपाली दूतावासले मलेसिया सरकारले नेपालबाट श्रमिक ल्याउने भएपछि सोमबार मागपत्र प्रमाणीकरण गर्नको लागि आवेदन दिनसक्ने झन्दै सूचना जारी गरेको छ

About admin

Check Also

काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिते चितवनका तीन जना विद्यार्थीले नगद पुरस्कार पाउने …

Leave a Reply

Your email address will not be published.