Wednesday , May 18 2022
Breaking News
Home / रोचक / फेब्रुअरीमा ५ ग्रहको संयोगले ५ राशिका जातकलाई बनाउँछ मालामाल !

फेब्रुअरीमा ५ ग्रहको संयोगले ५ राशिका जातकलाई बनाउँछ मालामाल !

काठमाडौँ : फेब्रुअरी २०२२ मा पाँच ग्रहहरुको चालमा परिवर्तन आउनेछ र साथै पञ्चग्रही योग पनि बन्नेछ। महिनाभर ५ ग्रहको गोचरसँगै मकर राशिमा ४ ग्रहको संयोगले केदार योग पनि निर्माण हुँदैछ। ज्योतिषाचार्यहरुका गणनाअनुसार फेब्रुअरी महिनाको सुरुवातमा मकर राशिमा सूर्य, बुध, चन्द्रमा र शनि ग्रहको संयोग बन्नेछ। मकर राशिमा शनि, मङ्गल र बुध ग्रहको मिलन हुनेछ। चन्द्रमा फेरि मकर राशिमा आउनेछ र शुक्र ग्रह पनि फेब्रुअरीको अन्तिमतिर मकर राशिमै आउनेछ। त्यसपछि पञ्चग्रही योगको संयोग बन्नेछ। पूरा महिनाभार ५ ग्रहको गोचरसँगै मकर राशिमा ४ ग्रहको योगले केदार योग निर्माण हुनेछ। यो महिना षड्ग्रह योगसँगै बुधादित्य योग, जीवात्मा योग, गजकेसरी योग र लक्ष्मी योग पनि बन्नेछ। जसकारण ५ राशिको भाग्य खुल्नेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका जातकहरुलाई फेब्रुअरी महिनामा हुने ग्रह गोचरहरुले निकै शुभ फलहरु दिनेछ। यस कारणले जागिर र करियरमा अभूतपूर्व सफलता मिल्नेछ। अचानक धन लाभ हुन् सक्छ। बेरोजगार हुनुहुन्छ भने जागिर पाउने सम्भावना छ। व्यापारिक दृष्टिकोणले फेब्रुअरी महिना शुभ साबित हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका व्यक्तिहरुका लागि फेब्रुअरी महिना करियर र रोजगारीको दृष्टिकोणले निकै राम्रो साबित हुनेछ। रोकिएका कामहरुले पूर्णता पाउनेछ। भाग्यले भरपूर साथ दिनेछ। जागिरमा बढुवा हुने योग छ। व्यापारीहरुका लागि यो महिना विशेष लाभ दिने साबित हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका जातकको लागि फेब्रुअरी महिना अत्यन्तै शुभ साबित हुनेछ। करियर र जागिरमा विशेष सफलता मिल्ने सम्भावना छ। साथै धनदौलत पनि बढोत्तरी हुने देखिन्छ। यात्राको योग बनेको छ। व्यापारमा नयाँ सम्भावनाको ढोका खुल्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
धनु राशिक जातकले फेब्रुअरी महिनामा थुप्रै अवसरहरु पाउनेछन्। कार्यस्थलमा सकारात्मक परिणाम देख्नुहुनेछ। ऋणबाट मुक्ति पाउनुहुनेछ। व्यापार व्यवसायमा धनसम्बन्धी समस्या हट्नेछ र जागिरमा बढुवा हुने योग छ। आम्दानी बढ्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
यो महिनामा ग्रह गोचरको प्रभावले तपाईको आम्दानी बढ्नेछ। अनावश्यक बहसबाट टाढा रहनुहोस् नत्र झैँ-झमेला पर्नुहुनेछ। चल-अचल सम्पत्तिबाट धन लाभको सम्भावना छ।

About admin

Check Also

आजबाट सुरु भयो ‘राज पञ्चक’: भुलेर पनि नगर्नुहोस् यस्ता कार्य, अनिष्ट हुनसक्छ !

आजबाट सुरु भयो ‘राज पञ्चक’: भुलेर पनि नगर्नुहोस् यस्ता कार्य, अनिष्ट हुनसक्छ ! आज अर्थात …

Leave a Reply

Your email address will not be published.