काठमाडौं । तपाईं बसेको समाज कस्तो, सोही अनुसार तपाईंको व्यवहारमा परिवर्तन आउँछ ।नेपाली समाजमा छोरा र छोरीलाई लिएर धेरै कुराहरु मिथ्याका रुपमा फैलाइएको छ ।
केटालाई हुर्काउँदा धेरै पटक अनजानमा परिवार र समाजका मानिसहरूले कोमल दिमागमा धेरै त्यस्ता कुरा भरिदिन्छन्, जसको बोझ उनीहरूले नचाहेर पनि जीवनभर बोक्नुपर्छ ।
समय सँगै पुरुषहरूले पनि यी कुराहरूलाई सत्य मान्छन् र विश्वास गर्न थाल्छन् । जसले पछि चिन्ता, तनाव, डिप्रेसन जस्ता धेरै मानसिक समस्या निम्त्याउँछ ।
के तपाईं पनि अरु मानिसहरु जस्तै पुरुषसँग सम्बन्धित यी मिथ्याहरुलाई सत्य मान्नुहुन्छ ? आउनुहोस् जानौँ, हाम्रो समाजमा विद्यमान पुरुष सम्बन्धी मिथ्याहरु के छन्,
केटा मान्छेसँग भावना हुँदैन्
पुरुष प्रायः कठोर छवि भएकाहरु नै हुन्छन्, भन्ने भ्रममा हामीमा रहेको छ । जबकि यथार्थमा उनीहरु एकदमै सरल हुन्छन् । मानिसहरूलाई लाग्छ कि पुरुषमा भावना हुँदैन, भावना केवल महिलाको गहना हो ।
तर सत्य त्यो होईन, सत्य के हो भने पुरुषहरूले आफ्ना भावनाहरू व्यक्त गर्दैनन् । उनीहरूलाई बाल्यकालदेखि नै सिकाइन्छ कि भावुक हुनु वा भावना देखाउनु कमजोरीको लक्षण हो ।