Saturday , May 28 2022
Breaking News
Home / रोचक / १ गते संक्रान्तिको दिन सूर्य र बृहस्पतिको ठुलो संयोग बन्दै, ५ राशिलाई मिल्नेछ गतिलै लाभ

१ गते संक्रान्तिको दिन सूर्य र बृहस्पतिको ठुलो संयोग बन्दै, ५ राशिलाई मिल्नेछ गतिलै लाभ

काठमाडौँ : ज्योतिषशास्त्रका अनुसार ग्रहहरूको संयोजनले मानिसको जीवनमा गहिरो प्रभाव पार्छ। फेब्रुअरी १३ अर्थात् फाल्गुन १ गते संक्रान्तिमा कुम्भ राशिमा दुई ग्रहको संयोग हुने भएको छ। यस राशिमा देव गुरु बृहस्पति विराजमान भइसकेका छन् भने अब ग्रहहरूका राजा सूर्यदेव यही राशिमा प्रवेश गर्न लागेका छन्। दुबै ग्रहलाई निकै प्रभावशाली मानिन्छ। यी ग्रहहरुको संयोग कुम्भ राशिमा हुने भएकाले यो राशि हुनेहरुका लागि यो समय सुखद रहनेछ। कुम्भ राशि बाहेक अरु कुन राशिका लागि यो समय निकै शुभ साबित हुन सक्छ भन्ने कुरा जान्नुहोस्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
यस राशिका व्यक्तिहरुका लागि समय एकदमै अनुकूल रहेको छ। लाभ प्राप्त गर्ने प्रशस्त अवसरहरु आउनेछन्। पुराना मतभिन्नता सुल्झाउन समय अनुकुल देखिन्छ। आर्थिक अवस्था राम्रो रहनेछ। तपाईं पैसा बचत गर्न सक्षम हुनुहुनेछ। धार्मिक यात्रामा जान सकिनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
यो राशिका मानिसहरुका लागि यो संयोग निकै शुभ देखिन्छ। करियरमा प्रगतिको राम्रो सम्भावना छ। तपाईंले आफ्नो जीवनका धेरै क्षेत्रमा सुधार देख्नुहुनेछ। तपाईंको पद र प्रतिष्ठा बढ्नेछ। आम्दानी बढ्ने प्रबल सम्भावना छ। तपाईं यस अवधिमा आफ्नो छुट्टै पहिचान बनाउन सक्षम हुनुहुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
यस अवधिमा हरेक काममा शुभ फल मिल्नेछ। नोकरी तथा व्यवसायमा लाभ मिल्नेछ। यो समय तपाईंको लागि धेरै भाग्यशाली साबित हुनेछ। भविष्यका लागि धेरै योजनाहरू बनाउनुहुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
विगतमा गरेको लगानीबाट राम्रै आम्दानी हुनेछ। तलब वृद्धि तथा पदोन्नतीको प्रतिक्षामा हुनुहुन्थ्यो भने तपाईंको यो इच्छा पुरा हुनसक्छ। सामाजिक कार्यमा संलग्न व्यक्तिहरुको कार्यक्षेत्र बढ्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
व्यवसायमा संलग्न हुनुहुन्छ भने यस अवधिमा राम्रो नाफा मिल्नेछ। राम्रो नेटवर्क निर्माण गर्न सफल हुनुहुनेछ। आर्थिक लाभ प्राप्त हुनेछ। यस अवधिमा गरिएको लगानीले भविष्यमा राम्रो नाफा कमाउने सम्भावना छ।

About admin

Check Also

आज ग्रहणको समयमा रगतको रङमा देखिनेछ चन्द्रमा, हेर्नुहोस् चन्द्रमा हेर्ने समय !

आज अर्थात् जेठ २ गते सोमबार वर्षको पहिलो चन्द्र ग्रहण लाग्दैछ । यो पूर्ण चन्द्र …

Leave a Reply

Your email address will not be published.