Saturday , May 28 2022
Breaking News
Home / समाचार / काठमाडौंको शुक्रराज अस्पतालबाट अचम्मका चिनिँया पक्राउ

काठमाडौंको शुक्रराज अस्पतालबाट अचम्मका चिनिँया पक्राउ

काठमाडौँ, २७ माघ । मृत्यु प्रमाणपत्र कीर्ते गरेको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज अस्पतालबाट वाङ् योङ्ग नाम गरेका चिनियाँ नागरिक विभिन्न कागजपत्रसहित पक्राउ परेका हुन् ।

नक्कली मृत्यु प्रमाणपत्र बोकी हिडेको भन्ने गोप्यसूचनाका आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीद्वारा टोलीले उनलाई पक्राउ गरेको हो । ती चिनियाँ नागरिलाई लिखित कागजात तथा सामानसहित नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश राज मैनाली जानकारी दिए ।

उनका साथबाट कालो रंगको भिर्ने झोला, वाङ् योङ्ग र सिएओ जेआई नाम गरेका दुई ओटा राहदानी, ग्रिन सिटी अस्पतालको नाममा जारी गरिएको मृत्यु प्रमाणपत्र सहितको कागजात, पशुपति आर्यघाट सेवा केन्द्रको नाममा जारी गरिएको कागजात र ओप्पो कम्पनीको मोबाइल सेट बरामद गरिएको छ ।

घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५अन्तर्गत दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’ मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्, तीन किलो चाँदी जस्तो देखिने धातुसहित एक जना पक्राउ परेका छन्। दक्षिणकाली नगरपालिका-५ स्थित काठमाडौं प्रवेश नाकाबाट मंगलबार एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

वीरगंजबाट काठमाडौं आउँदै गरेको ना १ ज ६२५३ नम्बरको टाटा सुमोका यात्रुलाई प्रहरीले चेक गरेको थियो। भारतको पश्चिम बंगाल घर भई काठमाडौंको न्युरोड बस्ने २६ वर्षीय पिण्टु मण्डललाई प्रहरीले पक्राउ गरेको हो। उनीबाट प्रहरीले चाँदी जस्तो देखिने ३ किलो सेतो धातु बरामद गरेको छ।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.