Saturday , May 28 2022
Breaking News
Home / समाचार / ७३ वर्षीया बृद्धाको टाउको ढाँड र खुट्टामा चोट, कारण थाहा पाउँदा सबै बेहोस

७३ वर्षीया बृद्धाको टाउको ढाँड र खुट्टामा चोट, कारण थाहा पाउँदा सबै बेहोस

काठमाडौँ, २७ माघ – आफुले दुख गरेर जन्माईहुर्काई गरेको छोराछोरीलाई बुढेशकालको सहाराका रुपमा लिने गरिन्छ । हुन पनि हो संसारको सबैभन्दा प्रीय कोही छ भने त्यो बुवाआमा नै हो ।

तर उमेरले सातदशक नाघिसकेकी मिनाकुमारी गन्धर्वको जिवनमा भने कल्पनै नगरेको दुखदायी अवस्था आईपरेको छ । घटना सार्वजनिक भएसंगै सरोकारवाला निकायले कानुनी कारवाही र बृद्धाको उपचार सुरु गरेका छन ।

घरेलु हिंसामा परेकी तनहुँको भानु नगरपालिका-१ नयाँबस्तीकी ७३ वर्षीया मीनाकुमारी गन्धर्वको मानवअधिकार समूहको पहलमा उद्धार गरी उपचार थालिएको छ। छोरा विक्रम गन्धर्वले मङ्गलबार साँझ घरमै मरणासन्न हुनेगरी कुटपिट गरेपछि इन्सेक अभियानसँग आबद्ध मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेको पहलमा वृद्धाको उद्धार गरी उपचार थालिएको हो।

गैह्रेले नै ती वृद्धालाई उद्धार गरी बुधबार स्वास्थ्यचौकी पुर्‍याएका छन्। गैह्रेसहितका स्थानीय बासिन्दाले बुधबार इलाका प्रहरी कार्यालय नारेश्वरटारमा गई कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै उजुरीसमेत दिएका छन्।

प्रहरीले आमालाई कुटपिट गर्ने छोरालाई पक्राउ गरी दैनिकी हाजिरीमा रिहा गरेको छ। पीडितको टाउको, ढाँड र खुट्टामा चोट लागेको छ। भानु आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले घाइतेको उपचार गरेका छन्।

आमालाई निर्घात कुटपिट गर्ने विक्रमलाई कारवाहीको माग गर्दै वडा नं १ की वडा सदस्य मिठु गन्धर्व, मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेलगायतले इलाका प्रहरी कार्यालय नारेश्वरटारमा उजुरी दिएका छन्। प्रहरीले भने विक्रम छारे रोगी भएको भन्दै दैनिक तारेखमा आउने गरी रिहा गरेको छ। इलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रकाश भुसालले छारे रोगी भएका कारण हिरासतमा राख्न समस्या भएकाले दैनिक तारेखमा राखिएको बताए।

यसैबीच घाइते वृद्धाको थप उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तर्फबाट रु पाँच हजार उपलब्ध गराइएको छ। इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले भानु आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर घाइते वृद्धालाई उक्त रकम उपलब्ध गराएका हुन्।

सो अवसरमा इन्सेक प्रतिनिधि भट्टराईले घाइतेको अवस्थाका बारेमा जानकारी लिई अभियुक्तलाई कानूनी कारवाहीका बारेमा इलाका प्रहरी कार्यालय भानुका प्रमुख भुसालसँग जानकारीसमेत लिए।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.