Sunday , May 22 2022
Breaking News
Home / समाचार / अब तपाईले बैंकमा राखेको पैसाको ब्याज बढ्दै, फागुन १ देखि कति हुँदैछ नयाँ ब्याजदर

अब तपाईले बैंकमा राखेको पैसाको ब्याज बढ्दै, फागुन १ देखि कति हुँदैछ नयाँ ब्याजदर

काठमाडौ । बैंकमा तपाईले लिएको ऋणको ब्याज बढिरहेको छ तर निक्षेपको ब्याज भने बढेको छैन । अब भने वाणिज्य बैंकहरुले फागुन १ गतेदेखि निक्षेपको ब्याजदर बढाउने निर्णय गरेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले फागुन १ गतेबाट लागु हुनेगरी निक्षेपको नयाँ ब्याजदर बढाउने निर्णय गरेका हुन् ।

यसअघि व्यक्रिगत मुद्धती निक्षेपमा १०।०५ प्रतिशतसम्म ब्याजदर दिँदै आएका बैंकहरुले त्यो दर रेटमा परिवर्तन गर्ने भएका छन् । फागुनको लागि नयाँ ब्याजदर प्रकाशित गर्दा ११।०३ प्रतिशतसम्म ब्याज आउन सक्ने सम्भावना छ । तर ब्याजदर बढाउने निर्णयमा कोही बैंकरलाई पनि चित्त बुझेको छैन । यस अघिकै ब्याजदर कायम राख्ने गरी तयारी गरीरहेका बैंकलाई बैंकर्स संघले नयाँ निर्णयवारे जानकारी गराएको हो ।

माघको मुद्धती निक्षेपको औसत ब्याजदर १०।०३ प्रतिशत रहेछ त्यसमा १० प्रतिशत बढाउँदा ११।०३ प्रतिशत व्यक्तिगत मुद्धती निक्षेपमा र संस्थागतमा एक प्रतिशत कम हुँँदा १०।०३ प्रतिशतसम्म ब्याजदर दिने निर्णय भएको जानकारी आएको ती बैंकरले बताए ।

मुद्धतीमा ११।०३ प्रतिशत ब्याजदर दिने बैंकले बचतमा न्युनतम ६।०३ प्रतिशत र रेमिट्यान्स मुद्धतीमा १२।०२ प्रतिशत ब्याजदर दिन पाउँछन् । यस्तै कल निक्षेपमा अधिकतम ३।०१५ प्रतिशत ब्याजदर दिने पाउनेछन् ।

यसअघि बैंकहरुले व्यक्तिगत मुद्धती निक्षेपमा १०।०५, संस्थागत मुद्धती निक्षेपमा ९।०५ र बचतमा न्युनतम ५।०५ प्रतिशत ब्याजदर दिँदै आएका थिए । अब बैंकहरुले सबै प्रकारका निक्षेपको ब्याजदर बढाउनुपर्ने भएको छ ।

About admin

Check Also

पुन्य गौतमले, बालेन शाह अमिरिकन एजेन्ट भएको खुलासा गरे, देखाए यस्तो प्रमाण (भिडियो सहित)

नेकपा एमाले का युवा नेता एवम् भर्खरै केपी ओली को खुट्टा ढो गेर एमाले प्रवेश …

Leave a Reply

Your email address will not be published.