Wednesday , May 18 2022
Breaking News
Home / समाचार / एकल महिला र एकल पुरुषलाई भत्ता दिन बजेट विनियोजन

एकल महिला र एकल पुरुषलाई भत्ता दिन बजेट विनियोजन

चितवनको इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ ।

गाउँपालिका प्रमुख गीताकुमारी गुरुङका अनुसार पालिकामा ४५ वर्ष उमेर नाघेर ७० वर्ष नपुगेका अविवाहित महिला तथा ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषको लगत संकलनको काम शुरू गरेको छ ।

वडा कार्यालयबाट नामावली संकलन शुरू गरिएको हो । यसका लागि गाउँपालिकाले निर्माण गरेको कार्यविधि अनुसारको सामाजिक सुरक्षा भत्ता पाउन योग्यको सूची बुझाउन सम्बन्धित वडा कार्यालयलाई गाउँपालिकाले पत्राचार गरेको छ ।

गाउँपालिकाले कार्यविधि बनाएर सामाजिक सुरक्षा भत्ता दिन लागेको हो । गाउँपालिका यस कार्यक्रमका लागि चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको गुरुङले बताए । यसै वर्षबाट उनीहरूलाई सामाजिक सुरक्षा भत्ता दिन लागिएको हो ।

गाउँपालिकाले दिन लागेको सामाजिक सुरक्षा भत्ताको लक्षित समूहलाई केन्द्र सरकारबाट ७० वर्ष नकटुञ्जेल कुनै सुविधा नदिइने भएकाले उनीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले स्थानीय सरकारले भत्ताको व्यवस्था गर्न लागेको उनको भनाइ छ ।

पालिकाले यसअघि कृषकलाई कुखुराको चल्ला वितरण, छोरी जन्माउनेलाई १० हजार रुपैयाँ खातामा राख्नेजस्ता महत्त्वपूर्ण काम गरिसकेको छ । विकास निर्माणसँगै सामाजिक काममा गाउँपालिका अग्रसर भएर लागेको उपाध्यक्ष कृतिकुमार श्रेष्ठले जानकारी दिए ।

About admin

Check Also

काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिते चितवनका तीन जना विद्यार्थीले नगद पुरस्कार पाउने …

Leave a Reply

Your email address will not be published.