Wednesday , May 18 2022
Breaking News
Home / समाचार / ८० हजार रुपैयाँमा किन्ने होइन त बुलेट बाइक ? अन्य मोटरसाइकलको १० हजार !

८० हजार रुपैयाँमा किन्ने होइन त बुलेट बाइक ? अन्य मोटरसाइकलको १० हजार !

काठमाडौं । भैरहवा भन्सार कार्यालयले विभिन्न कम्पनी तथा मोडेलका मोटरसाइकल, स्कुटर र अन्य (सवारी तथा ढुवानी) साधान लिलाम बिक्री गर्ने भएको छ ।

एक सूचना निकाल्दै कार्यालयले ७५ थान मोटरसाइकल तथा अन्य सवारी साधान लिलाम बिक्री गर्न लागेका जनाएको हो ।
भन्सराले विभिन्न समयमा चोरी निकासीपैठारी अभियोगमा पक्राउ गरिएको मोटरसाइकल गोप्य सिलबन्दी बोलपत्रद्धारा बिक्री गर्न लागेको हो ।

भन्सार कार्यालयले बिक्रीमा राखेको यामाहा, बजाज, हिरो, रोयल इन्फिल्ड, टीभीएस र होन्डा ब्राण्डका मोटरसाइकलहरु रहेका छन् ।
भन्सार कार्यालयले १० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म मूल्य निर्धारण गरेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

मोटरसाइकल किन्न इच्छुक व्यक्ति, फर्म, संघ वा कम्पनीले आजैका मितिले (पुस २७ गतेदेखि यता) २१ दिन भित्र आवेदन पेश गर्नुपर्नेछ ।

About admin

Check Also

काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिते चितवनका तीन जना विद्यार्थीले नगद पुरस्कार पाउने …

Leave a Reply

Your email address will not be published.