Wednesday , June 29 2022
Breaking News
Home / समाचार / बिरामीलाई किन हिस्टेरिया भनेको मन पर्दैन ?

बिरामीलाई किन हिस्टेरिया भनेको मन पर्दैन ?

हाम्रो समाजमा हिस्टेरिया शब्दको गलत अर्थ लाग्छ । हिस्टेरिया यौन इच्छा पूरा नहुँदा हुन्छ भन्ने गलत धारणा छ । कसैलाई हिस्टेरिया भयो भन्दा गाली पनि पाउन सकिन्छ । हिस्टेरिया यौनका कारणले मात्र हुँदैन, मानिसको जीवनमा हुने कुनै पनि तनाव दिने घटना वा पीडादायक घटनाले गर्दा हुन्छ । यस्ता पीडादायक घटना हाम्रो बेहोसी मस्तिष्कमा बसेका हुन्छन् । पीडादायक कुरा शारीरिक लक्षणका रूपमा बाहिर निस्कन्छन् । त्यसैले अहिले यसलाई कन्भर्सन डिसअर्डर भनिन्छ र हिस्टेरिया भन्न छाडिएको छ । तनाव शारीरिक लक्षणमा परिणत हुने हुनाले यसलाई कन्भर्सन डिसअर्डर भन्न थालिएको हो ।

जान्नैपर्ने कुरा

कतिपय बिरामीमा यो समस्या बारम्बार दोहोरिन सक्छ तर आत्तिनु हँुदैन । २–३ हप्तामा यो समस्या बिस्तारै ठीक हुन्छ ।
बिरामीको लक्षणलाई वास्ता गर्नु हुँदैन, वास्ता गरे यो रोग अझ बढ्न सक्छ ।
मनभित्र पीडादायक वस्तु बस्दा यस्तो हुन्छ । जुन बिरामीलाई थाहै हुँदैन ।
कतिपय बिरामीलाई बोक्सीको आरोपमा कुटिन्छ, जुन शतप्रतिशत गलत हो ।

यो पनि पढ्नुहोस

सामान्यत: १०–१३ वर्षको उमेरसम्ममा हरेक किशोरीमा महिनावारी सुरु हुन्छ, तर यही उमेरसम्ममा हुनैपर्छ भन्ने छैन । कसै–कसैमा महिनावारी ढिला सुरु हुन सक्छ । त्यसैले महिनावारी भएन भनेर आत्तिहाल्नु पर्दैन । महिनावारी नहुने यो समस्यालाई प्राइमरी एमोनेरिया भनिन्छ । समयमा महिनावारी सुरु नहुने अनेकौं कारण छन् ।

महिनावारी गराउने तथा सन्तुलन कायम राख्ने संरचना (हाईपोथालामो–पिट्युटरी–ओभरिएन एक्सिस) मा आएको सामान्य गडबडीले पनि महिनावारी नहुन सक्छ । कसै–कसैमा क्रोमोजोमको खराबी, पाठेघर वा योनिमार्गको बनोट तथा विकासमा अवरोधले पनि महिनावारी नभएको हुन सक्छ ।

कुनै खराबीबिना पनि कहिलेकाही महिनावारी ढिला हुन सक्छ । वंशानुगत, पोषण, वातावरण, शारीरिक व्यायाम, मानसिक तनावजस्ता कारणहरूले पनि महिनावारी ढिला भएको हुन सक्छ । त्यसैले कुन कारणले गर्दा महिनावारी नभएको हो ? पत्ता लगाउनुपर्छ ।

महिनावारी नहुने महिलाले सन्तान जन्माउन सक्दैनन्, तर कारण पत्ता लगाएर उपचार गराएको खण्डमा धेरैजसोले सन्तान जन्माउन सक्छन् ।

About admin

Check Also

७३ बर्षको उमेरमा बामदेवले खोले नयाँ पार्टी

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले ७३ बर्षको उमेरमा नयाँ पार्टी घोषणा गरेका छन्। …

Leave a Reply

Your email address will not be published.