Wednesday , May 18 2022
Breaking News
Home / जीवनशैली / तपाई २४ घण्टामा कति घण्टा सुत्नुहुन्छ ? सुतेको समयले बताउँछ तपाईको आयु कति ?

तपाई २४ घण्टामा कति घण्टा सुत्नुहुन्छ ? सुतेको समयले बताउँछ तपाईको आयु कति ?

काठमाडौं । के तपाई दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्येमा पर्नुहुन्छ ? यस्ता धेरैमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो । सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो ।

विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ ।

आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका छन् । सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

अनियमित सुताई भएकाहरुमा नकारात्मक सोँचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर असर समेत पर्ने गरेको पाइएको समाचारमा जनाइएको छ । एजेन्सी

बिहानै खालीपेटमा एक गिलास पानी पिउदा हुन्छन यस्ता चमत्कारीक लाभ

काठमाडौं । स्वास्थ्यका लागि पानी पिउनु धेरै लाभदायक हुन्छ । पानीमा पनि आयुर्वेदमा मनतातो पानीका विभिन्न फाइदा बताइएको छ । मानिसले बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउनाले मेटोपना घटाउनेदेखि विभिन्न स्वास्थ्य समस्याबाट टाढा राख्दन मद्दत गर्छ । आज हामी यसका फाइदाका बारेमा चर्चा गर्न गइरहेका छौ । दैनिक मनतातो पानी विहान खाली पेटमा पिउँदाता केही फाइदाहरु…

1.दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको फोहोर बाहिर निस्कने गर्दछ जसका कारण मृगौला सम्बन्धि रोग लाग्नबाट जोगाउँछ ।

2.दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको अतिरिक्त बोसो पग्लने गर्दछ जसका कारण तपाईंको तौल नियन्त्रणमा रहन्छ ।

3.मनतातो पानीले खानालाई राम्रोसँग पचाउन सहयोग गर्दछ । यसले पाचन प्रणालीलाई बलियो राख्छ ।

4.नियमित रुपमा खाली पेटमा मनतातो पानी पिउनुहुन्छ भने पसिनामार्फत छालाको फोहोर निस्कने गर्दछ । यसले छालाको संक्रमणलाई पनि जोगाउँछ ।

5.दैनिक मनतातो पानी पिउँदा घाँटीमा जम्मा भएको खकार निस्कने गर्दछ । यसले श्वास सम्बन्धि रोग र दम हुनबाट जोगाउँछ

About admin

Check Also

भोलि जेष्ठ २ गते बुद्ध जयन्ती,शुभ-अशुभ कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) तपाई निजी सम्बन्धमा …

Leave a Reply

Your email address will not be published.