नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे अफर सार्वजनिक गरेको छ। प्रणय दिवसका अवसरमा टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस सुविधा दिएको हो।
टेलिकमका अनुसार ४९ रुपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड भ्वाइस र अनलिमिटेड डेटा पाइनेछ। ग्राहकले १ एमबीपीएस गतिमा डेटा चलाउन सक्नेछन्।
अनलिमिटेड भ्वाइस टेलिकमको नेटवर्कभित्र मात्रै प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ। ८१४१५३ डायल गरी वा नेपाल टेलिकमको मोबाइल एपबाट यो सेवा लिन सकिनेछ। यो अफर फागुन १ र २ गतेका लागि मात्र लागू हुने टेलिकमले जानकारी दिएको छ।
आईपीएलमा बिकेनन् सन्दीप, यी हुन् सबभन्दा महँगा खेलाडी, कसले कति करोडमा भित्र्यायो ?
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि इन्डियन प्रिमियर लिग (आईपीएल)मा कुनै पनि टिमले बोली लगाएन ।
नेपालबाट १५ खेलाडीले आईपीएलको मेगा अक्सनका लागि रजिष्ट्रर गरेका थिए । त्यसमध्ये सन्दीप मात्र अक्सनका लागि चुनिएका थिए ।
तर, शनिबार बैंगलोरमा भएको आईपीएल २०२२ को मेगा अक्सनमा लेग स्पिनर सन्दीपका लागि कुनै पनि टोलीले बोली लगाएन ।
इशान किशन सबभन्दा महँगा
शनिबारको अक्सनमा भारतका इशान किशन सबभन्दा महँगा खेलाडी बने । उनलाई मुम्बई इन्डियन्सले १५ करोड २५ लाख भारतीय रुपैयाँमा भित्र्याएको हो । भारतकै दीपक चाहर दोस्रो महँगा खेलाडी बने । चाहरलाई चेन्नई सुपर किंग्सले १४ करोड भारतीय रुपैयाँमा भित्र्याएको छ । श्रेयस ऐयर तेस्रो महँगो खेलाडी बने । ऐयरलाई कोलकाता नाइट राइडर्सले १२ करोड २५ लाख भारतीय रुपैयाँमा भित्र्याएको हो ।
शार्दूल ठाकुर, हर्शल पटेल, वानिन्दु हशरंगा र निकोलस पुरन समान १० करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध भए । ठाकुरलाई दिल्ली क्यापिटल्सले तथा पटेल र हशरंगालाई रोयल च्यालेन्सर्ज बैंगलोरले अनुबन्ध गरेको छ । पुरनलाई भने सनराइजर्स हैदरावादले अनुबन्ध गरेको हो ।