Saturday , May 28 2022
Breaking News
Home / समाचार / झापाको दमकमा घटेकाे यस्ताे अनाैठाे घ-टना जसले प्रहरी लाई समेत चकित पार्याे !

झापाको दमकमा घटेकाे यस्ताे अनाैठाे घ-टना जसले प्रहरी लाई समेत चकित पार्याे !

झापाको दमक-८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिना अघिदेखि फ-रार रहेकाे खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारी सहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फ-रार भएका हुन् ।

उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताइन् । अध्यक्ष खनालले संस्थाको बचत रकम सहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्क विहीन भएको व्यवस्थापक तामाङ सहित कर्मचारी तथा बचतकर्ताको एक समूहले सो बारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते नै लिखित रूपमा जानकारी गराएका थिए ।

सहकारीको ठगी विषयमा उ-जुरी गरिए पनि अहिलेसम्म नगरपालिका र स्थानीय प्रशासनले सो विषयमा पहलकदमी नचालेको भन्दै पीडितहरूको समूहले एकाएक घटना बाहिर ल्याउनुपरेको पीडित कमल–४ का दुरेन्द्र नेम्वाङले बताए । सामाजिक सञ्जालमार्फत पीडितले न्यायका लागि सहयोग पुर्याइदिन अपिल गरेका छन् ।

अध्यक्ष बेपत्ता भएपछि दमक–७ मा रहेको सहकारीको कार्यालय गत मङ्सिर २९ गतेदेखि नै बन्द भएको छ । पीडितले दिएको निवेदनमा उल्लेख गरिए अनुसार सहकारीको रु २५ लाख ७० हजार १३३ सहित दमक–८ का ज्ञानेन्द्र श्रेष्ठको रु २१ लख, दमक–५ का राजु गौतमको रु चार लाख, दमक–९ का टेकबहादुर योञ्जनको रु आठ लाख, दमक–९ का रामकुमारी श्रेष्ठको रु १२ लाख, दमक–६ का डिल्लीराम प्रसाईँको रु दुई लाख, कमल गाउँपालिका–४ का गौरी राईको रु दुई लाख र कमल–४ कै दुरेन्द्रबहादुर नेम्वाङको रु छ लाख सापटी रकम लिएर खनाल फ-रार भएका हुन् ।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.