Sunday , May 22 2022
Breaking News
Home / समाचार / त्यसपछि बिहे गर्छु भनेको प्रेमीले एउटा कोठामा लैजान्छन् त्यहाँ अरु युवा पनि हुन्छन्….!

त्यसपछि बिहे गर्छु भनेको प्रेमीले एउटा कोठामा लैजान्छन् त्यहाँ अरु युवा पनि हुन्छन्….!

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए आफ्नै प्रेमीले बोलाएपछि नजाने कुरै भएन ।

उनी गइन् । तर ति युवकको नियत भने अर्कै रहेछ । उनले एउटा कोठामा लैजान्छन् त्यहाँ अरु युवा पनि हुन्छन् । ५ दिन सम्म उनलाई औषधी खुवाउँछन् ।त्यसैले उनले आफु माथि के भयो भन्ने पनि थाहा पाएकी छैनन्

अहिले उनका परिवारले ति युवकहरुबि’रुद्ध उजुरी दिएका छन् । ति युवतीलाई लगिएको ठाउँमा एक जना प्रहरी पनि थिए । उनका प्रेमीले फोन गरेर विवाह गर्ने भनेर बोलाए पछी आफु गएको ति बालिकाले बताएकी छन्।

परिवारका सदस्यले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सुरेश भन्ने प्रेमीले फोन गरेर बोलाएपछि आफु गएको बताएकी छन्। उनका बुवा आमा मजदुरी गरेर जिविका पाल्छन् उनी मामाघर बसेकी छन् ।

ति सुरेशले म तिमीलाई विवाह गर्छु भनेर बोलाएपछि उनी पुलमा गएकी थिइन्।
उही प्रेमीले एउटा कस्मेटिक कोठामा लिएर गए । उसको एउटा प्रहरी साथीसंग मिलेर औ’षधी ल्यायो । यो पेट दुखेको औषधी हो खाउ भनेर दिए । त्यो खाने बित्तिकै मैले केही पनि थाहा पाइन, उनले भनिन् । सुरुमा आफुले ३ जनालाई देखेको बताइन्।

कतिबेला आफुले थाहा पाउँदा अरु पनि आएको उनले बताइन् । कोठामा राखेको ५ दिनपछि उनीहरु आरामिल निर ल्याएर छोडिदिएको र त्यसबेला प्रहरीले आफुलाई फेला पारेको बताएकी छन् ।

उनलाई भदौ १४ गते बोलाएर लिएर गएका थिए । त्यसको ५ दिन पछि प्रहरीले उनलाई फेला पारेको हो।

About admin

Check Also

भरतपुर महानगरमा ८३ हजार मत गनिसकियो, कसको कति ?

भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८३ हजार १११ …

Leave a Reply

Your email address will not be published.