काठमाडौं, ३ फागुन-गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ।
‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,’ मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ ।
यो पनि पढ्नुहोस – लुम्बिनीका लागि पछिल्लो वर्ष उपलब्धिमूलक : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले पछिल्लो वर्ष उपलब्धिमूलक भएको बताएका छन् । प्रदेशको चौथो स्थापना दिवसको अवसरमा आयोजक कार्यक्रममा बोल्दै केसीले पछिल्लो वर्ष लुम्बिनी वासीका लागि उपलब्धिमूलक भएको बताएका हुन् ।
चौथो स्थापना दिवसको अवसरमा प्रदेशमा मंगलबार सार्वजनिक बिदासमेत दिइएको छ । विगत दुई वर्षदेखि प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा मनाउँदै आइएको छ । प्रदेशको स्थायी राजधानी दाङको रापती उपत्यकामा विशेष कार्यक्रम गरी सरकारले स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसमा मुख्यमन्त्री केसीले प्रदेशलाई जनअपेक्षा अनुसार समृद्ध बनाउन अधिकतम प्रयास गरिएको बताएका छन् । उनले पछिल्लो वर्ष सबै हिसाबले उपलब्धिमूलक वर्ष भएको बताएका छन् । आगामी वर्षको सरकारका काम कार्यलाई प्रभावकारी बनाउनको लागि अझै प्रदेश सरकारले गति प्रदान गरी अगाडि बढ्ने उनले बताए ।
‘लुम्बिनी प्रदेशवासीको लागि ४ वर्षको उपलब्धिमूलकको वर्ष बनेको छ । आगामी दिनमा अझै प्रभाकारी रूपमा अगाडि बढाउनु पर्ने विषयमा हामी गम्भीर छौँ,’ उनले भने ।
मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशले जनताको आकांक्षा पूरा गर्न सरकार निरन्तर लागेको बताए । लुम्बिनी प्रदेश सरकारको तीन वर्ष राजनीतिक हिसाबले एकल जस्तो भए पनि पछिल्लो एक वर्ष नयाँ राजनीतिक सहकार्यको आधारमा सरकार निर्माण र सञ्चालन भएको उनले बताए । सरकारले प्रदेशवासीको गाँस, बास, कपास, शिक्षा स्वास्थ्यलगायत पक्षको सुधारका गर्न प्रतिबद्ध रहेको बताए ।