राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
परीक्षा तालिका अनुसार आगामी ९ वैशाखमा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।
११ वैशाखमा अनिवार्य गणित र १२ मा अनिवार्य नेपाली विषयको परीक्षा लिइनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डले जानकारी दिएको छ ।
तपाईंलाई जानकारी गराउ कि कोरोना महामारीका कारण कारण अघिल्ला दुई वर्ष भने एसईई भएको थिएन । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।