Wednesday , May 18 2022
Breaking News
Home / समाचार / काठमाण्डौमा गाडीको आवागमन सामान्य, चोक चोकमा सुरक्षाकर्मी, यस्ताे छ बन्दकाे आसर !

काठमाण्डौमा गाडीको आवागमन सामान्य, चोक चोकमा सुरक्षाकर्मी, यस्ताे छ बन्दकाे आसर !

काठमाण्डौमा गाडीको आवागमन सामान्य, चोक चोकमा सुरक्षाकर्मी, यस्ताे छ बन्दकाे आसर !

काठमाण्डौ उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेका छन् । सडक र चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौताको वि-रोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेकाले सडकमा सुरक्षाकर्मीको परिचालन बढाइएको हो ।

प्रहरीका अनुसार यतिबेला सामान्य तरिकाले गाडी गुडिरहेका छन् । तर, लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् । प्रहरीले ढुक्क भए गाडी चलाउन आग्रहसमेत गरेको छ । यसैबीच, सरकारले कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले सूचना निकालेर देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखि शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको हो ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिते चितवनका तीन जना विद्यार्थीले नगद पुरस्कार पाउने …

Leave a Reply

Your email address will not be published.