Sunday , May 22 2022
Breaking News
Home / समाचार / बन्द गराउँदै हिँडेका विप्लव र वैद्यका कार्यकर्ता बुटवलबाट पक्राउ

बन्द गराउँदै हिँडेका विप्लव र वैद्यका कार्यकर्ता बुटवलबाट पक्राउ

बजार र यातायात बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपा र माेहन वैद्य ‘किरण’ नेतृत्वकाे माओवादी क्रान्तिकारीका नाै जना कार्यकर्ता बुटवलबाट पक्राउ परेका छन् ।विप्लव नेतृत्वको नेकपा र क्रान्तिकारीका क्रमश: चार र तीन जना तथा वैज्ञानिक समाजवादीका दुई पक्राउ परेका हुन् । नेकपा जिल्ला सदस्य नविन थारु, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस

विवाहपछि चम्किन्छ यी राशी हुने
क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विकलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो । प्रहरीका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

बुटवल । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) को विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा बिहानैदेखि परेको छ ।

विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलले एमसिसी सम्झौता खारेजीको माग गर्दै बुधबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लामा सार्वजनिक सवारीसाधन चलेका छैनन् । फाटफुट रुपमा केही निजी सवारी साधन भने गुडेका छन् ।

लुम्बिनी प्रदेशका मुख्य मुख्य सहरहरु रुपन्देहीको बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही, बाँकेको नेपालगन्ज लगायतका क्षेत्रमा बन्दको प्रत्यक्ष प्रभाव परेको छ । बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसलहरु साथै सहरका मुख्य बजार बन्द छन् । विद्यालयले भने बुधबारका लागि मंगलबार नै सूचना निकालेर बन्द हुने जानकारी गराएका थिए ।लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न नसक्दा यात्रुहरु गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बन्दकर्ताहरुले बन्द साँझ ५ बजेसम्म जारी रहने बताएका छन् । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०, ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलहरुले एमसिसी अनुमोदन गर्न तयारी थालेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।

About admin

Check Also

बलात्कार घटनालाई लिएर फेसबुकमा निशा र आसिफको बाझाबाझ, एक-अर्कालाई लेखे ‘श्रद्धाञ्जली’

काठमाडौं । आठ वर्ष अगाडि सौन्दर्य प्रतियोगितामा रनर अप भएकी एक युवतीमाथि भएको यौन उत्पीडन …

Leave a Reply

Your email address will not be published.