Saturday , May 28 2022
Breaking News
Home / समाचार / बल्ल बल्ल जोगियो गगन थापाको ज्यान

बल्ल बल्ल जोगियो गगन थापाको ज्यान

प्रदर्शनकारीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई घेरा हालेका थिए। अमेरिकाका दलाल भन्दै प्रदर्शनकारीले घेरेपछि प्रहरीका डिएसपीले बालबाल बचाएका थिए ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ चौफाका १०२ वर्षीय जसवीर ओली बिरामीले थला परेको साता दिन बढी भयो। बिरामी भएपछि आफूलाई अस्पताल लैजान आग्रह गरिरहँदा पनि घरका कसैले नसुनेजस्तै गरेपछि मंगलबार ओली आफैं उपचारका लागि अस्पताल जान घरबाट हिँडे।

उमेरले सय नाघेका त्यसमाथि बिरामी ओली हिँड्न नसकेर बाटोमै थला परे। उपचारका लागि अस्पताल हिँडेका उनी बाटामै थला परेपछि थप चिन्तित भए। बाटोमै थलिएर बसिरहेको अवस्थामा सोही वडामा रहेको प्रहरी चौकी सर्केनाबाट दुई जवान गस्तीमा निस्केका थिए। उनीहरूले बिरामी ओलीलाई बाटोमा फेला पारेपछि उद्धार गरेर नगर अस्पताल पुर्‍याए।

प्रहरी आफैंले पिठ्यूँमा बोकेर वृद्धलाई उपचारका लागि अस्पताल पुर्‍याएर आफन्तलाई खबर गरेको बताइएको छ। प्रहरी जवानले बिरामी वृद्धलाई पिठ्यूँमा बोकेर अस्पताल लैजाँदै गरेको फोटो अहिले सामाजिक सञ्चालमा भाइरल बनेको छ। समाजमा हुने अपराध न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षा दिन मात्र नभई नागरिकलाई हुने दुःखपीडामा पनि प्रहरीले साथ दिने गरेको

चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष मनमोहन शाहले बताए। अहिले ओलीको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको छ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.