Saturday , July 2 2022
Breaking News
Home / समाचार / काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिते चितवनका तीन जना विद्यार्थीले नगद पुरस्कार पाउने भएका छन् । सेयर बजारका लगानीकर्ता हरि ढकालले काठमाडौंको मेयरमा शाहले जिते एसईई दिएर बसेका तीन जना विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।

उनले चितवनको जनजागृति उच्च माध्यामिक विद्यालयका तीन विद्यार्थीलाई सो पुरस्कार दिने घोषणा गरेका हुन् । मेयरमा शाहले जिते उक्त विद्यालयबाट यो वर्ष एसईई दिएकामध्ये टपर तीन जना (जसमा एक छात्र, एक छात्रा र एक निम्न वर्गका) विद्यार्थीले थप अध्ययनको लागि नगद पुरस्कार पाउने भएका छन् । आफूले सोहि विद्यालयबाट एलएलसी उत्तीर्ण गरेकोले उक्त विद्यालयका विद्यार्थीलाई नै रकम दिने घोषणा गरेको ढकालले बताएका छन् ।

‘यदि काठमाडौं महानगरपालिकाको मेयरमा बलेन साह विजयी भए, म यो घोषणा गर्न चाहन्छु कि म जनजागृति उच्च माध्यमिक विद्यालय चितवनका एक जना केटा, एक केटी र एक जना (निम्न बर्ग) टपर हुने विद्यार्थीलाई यस वर्षको एसईई परिक्षामा उत्तीर्ण हुने विद्यार्थीहरुलाई आगामी अध्ययनका लागि नगद पुरस्कार दिनेछु,’ उनले लेखेका छन् । ढकालले जेठ २ गते सामाजिक सञ्जाल मार्फत सो घोषणा सार्वजनिक गरेका हुन् । उनी सेयर लगानीकर्ता दवाव समूहका अध्यक्ष समेत हुन् ।

हाल काठमाडौं महानगरपालिकाको मत गणना जारी रहेको छ । पछिल्लो तथ्यांकअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले उच्च मत ल्याई अग्रता कायम गरेका छन् । सोमबार दिउँसो साढे ३ बजेसम्मको तथ्यांकअनुसार शाहले ७३३९ मत ल्याएका छन् भने एमालेका केशब स्थापितले ३०६२ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ३०३५ मत ल्याएका छन् ।

About admin

Check Also

पतिसँग पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी इन्दिरालाई पत्रकारले बच्चाबारे प्रश्न गर्दा दिइन् यति रमाइलो पाराले उत्तर

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी छन् । केही हप्ता …

Leave a Reply

Your email address will not be published.