Saturday , July 2 2022
Breaking News
Home / समाचार / भरतपुरमा रेनु दाहाल बुलेट रेलको गतिमा, यस्तो छ तात्तातो मतपरिणाम

भरतपुरमा रेनु दाहाल बुलेट रेलको गतिमा, यस्तो छ तात्तातो मतपरिणाम

काठमाडौं ।

भरतपुर महानगरपालिकामा २५३५८ मतगणना गर्दा सत्ता गठबन्धनबाट माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले प्रतिस्पर्धीभन्दा एघार सय मतले अग्रता लिइरहेकी छन्।

पछिल्लो मतगणना अनुसार अहिलेसम्म दाहालले ९०११ ल्याएकी छन्। उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले भने ७८९२ पाएका छन्। नेपाली कांग्रेसका वागी तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४११२ ल्याएका छन्।

उपमेयरमा पनि गठबन्धन नै अघि छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १०७७४ मत ल्याएर अग्रस्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकि हिमला गुरूङले ६४५४ मत ल्याएर उनलाई पछ्याइरहेकी छन्।

बाराको फेटा गाउँपालिकामा विवेकशील साझा पार्टीले वडाध्यक्ष जितेको छ । वडा नम्बर ६ को वडाध्यक्षमा अमीर हमजा ठकुराई ५९१ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जाकिर हुसेन मियाले ४५७ मत पाएका छन् । फेटाको अध्यक्षमै विवेकशील साझाका रुस्तम अन्सारीले अग्रता लिएका छन् ।

उनले २ हजार २५८ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका मदनप्रसाद साह कानूले १ हजार ४६६ मत पाएका छन् भने जनता समाजवादी पार्टीका रामएकवाल प्रसाद तेलीले १ हजार ९९ मत पाएका छन् ।

फेटामा १, २, ६ र ७ नम्बर वडाको परिणाम आइसकेको छ भने वडा नम्बर ३,४ र ५ को गणना गर्न बाँकी छ ।Source-galaxykhabar

About admin

Check Also

पतिसँग पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी इन्दिरालाई पत्रकारले बच्चाबारे प्रश्न गर्दा दिइन् यति रमाइलो पाराले उत्तर

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी छन् । केही हप्ता …

Leave a Reply

Your email address will not be published.