पानी पिउने यस्ता नियम नियमित अपनाउनु भयाे भने सधैंका लागि हुनेछ मिर्गौला स्वस्थ ।
आयुर्वेदमा पानी पिउने सही समय र मात्राको उल्लेख पाइन्छ । सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ । तर गलत तरिकाले, गलत समयमा र गलत मात्रामा पानी पिउँदा नोक्सानी पुर्याउने पनि गर्छ । आयुर्वेद विशेषज्ञ डा। अबरार मुल्तानीले कहिले र कति पानी पिउँदा कुन रोगबाट बच्न सकिन्छ भनी बताएका छन् जुन् निम्न छन्:-
१) दुई गिलास पानी बिहान उठ्नेबित्तिकै पिउनुस् । यसो गर्दा शरीरबाट वि` षाक्त पदार्थ निस्कन्छ अनि मिर्गौला स्वस्थ रहन्छ । २) व्यायाम गर्नुभन्दा १० मिनेटअघि एक गिलास पानी पिउनुस् । ऊर्जाको मात्रा सही रहन्छ ।
३) व्यायाम गरेको २० मिनेटपछि दुई गिलास पानी पिउनुस् । शरीर आर्द्र रहन्छ । ४) नुहाउनुभन्दा अघि एक गिलास पानी पिउनुस् । रक्तचाप स्थिर रहन्छ । ५) चिया वा कफी पिउनुभन्दा अघि एक गिलास पिउनुस् । एसिडटी हुन पाउँदैन ।
६) थकान र टेन्सन हुँदा एक गिलास पानी पिउनुस् । मानसिक आराम पाउनुहुनेछ । ७) खाना खानुभन्दा आधी घन्टाअघि एक गिलास पानी पिउनुस् । यसले पाचन राम्रो बनाउँछ । ८) खाना खाँदा दुई चुस्की पानी लिनुस् । खाना मज्जाले पच्छ ।
९) साँझ नाश्ता गर्नुभन्दा अघि एक गिलास पानी पिउनुस् । धेरै भारी नाश्ता नगर्नुस् । १०) सुत्नुअघि एक गिलास पानी पिउनुस् । हृदयघा`तबाट बच्नुुहुनेछ ।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।