भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् ।
८३ हजार १११ मत गन्दा उनको अग्रता ६ हजार ९३९ रहेको छ । मत परिणाम अनुसार उनले ३२ हजार ५११ मत प्राप्त गरेकी छन् ।
मेयर
रेनु दाहाल (गठबन्धन): ३२५१९
विजय सुवेदी (एमाले): २५५८०
जगन्नाथ पौडेल (स्वतन्त्र): ११,२९६
उपमेयर
चित्रसेन अधिकारी (गठबन्धन): ३४,९३४
हिमला गुरुङ(राप्रपा): २००३१
Read more
काठमाडौं । विशेष गरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षाभत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन्।
मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी गरेको छ। आर्थिक वर्ष २०७९र८० को बजेटमा ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने तयारी गरिएको हो। अहिले ७० वर्ष पुगेका नागरिकले मासिक ४ हजार वृद्धभत्ता पाउँछन्।
सरकारले ६५ वर्ष उमेरमाथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदा राज्यलाई वार्षिक करिब ३० अर्ब रुपैयाँ भार थपिने अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले मुलुकभर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या करिब साढे ३४ लाख छ।