Monday , June 27 2022
Breaking News
Home / जीवनशैली / खुट्टाको नशा बटारिएर फुल्ने गरेको छ ? यसको उपचार

खुट्टाको नशा बटारिएर फुल्ने गरेको छ ? यसको उपचार

खुट्टाको नशा फुल्ने समस्या (भेरिकोज भेन) धेरैलाई हुन्छ। खुट्टामा नशा फुल्दै गएपछि त्यसले खुट्टाको स्वरुप नै खराब देखिन्छ । यसरी नशा सुन्निनु भनेको नशाहरु काम नलाग्ने हुनु हो।

यस्तो समस्याको समाधान गर्न अहिले सजिलो विधिबाट उपचार गरिन्छ। खुट्टाको नशा फुल्ने समस्याको उपचारमा सबैभन्दा भरपर्दो र उच्च गुणस्तरीय प्रविधिलाई ‘रेडियोफ्रिक्वेन्सी एबलेसन’ भनिन्छ।

धुलिखेल अस्पतालमा सन् २०१३ अगस्टबाट सेवा सुरु गरेपछि हालसम्म चार सयभन्दा बढी बिरामीले रेडियोफ्रिक्वेन्सी एबलेसन गराइसकेका छन्। विभिन्न चरणमा गरिएका अध्यनन अनुसार रेडियोफ्रिक्वेन्सी एबलेसन गराएका बिरामीमा फेरि नशा सुन्निने समस्या दोहोरिएको पाइएको छैन।

कसरी हुन्छ रेडियोफ्रिक्वेन्सी एबलेसन ?

यो एक प्रकारको शल्यक्रिया नै हो। जसमा भेरिकोज भेन (नशा सुन्निएको) भएको खुट्टालाई पूरै अथवा आंशिक रुपमा केही समयका लागि बेहोस गरिन्छ। त्यसपछि घुँडाभन्दा तलको फुलेको नशाको भागमा सियोको मध्यमबाट रेडियोफ्रिक्वेन्सी एबलेसन गर्ने मसिनो तार छिराइन्छ।

यस तारलाई अल्ट्रासाउन्ड मेसिनको माध्यमबाट भेरिकोज भेन भएको नशाको मुख्य भागसम्म छिराइन्छ । त्यसपछि छाला तथा भित्री नशालाई हानी नहुने किसिमले भेरिकोज भेन भएको नशालाई सात-सात सेन्टिमिटर गर्दै पूरै नशालाई जलाइन्छ।

यो प्रक्रियाका लागि करिब १५ देखि २० मिनेट समय लाग्छ। रेडियोफ्रिक्वेन्सी एबलेसनपछि कुनै-कुनै भागमा औषधि हालेर जलाइन्छ भने कुनै भागमा सानो आकारमा चिरेर खराब नशालाई बन्द पनि गरिन्छ।

रेडियोफ्रिक्वेन्सी एबलेसनपछिको अवस्था

रेडियोफ्रिक्वेन्सी अबलेसन गरेपछि सोही दिन अथवा भोलि पल्ट बिरामी घर जान सक्छन्। बिरामीले दैनिक क्रियाकलाप भोलि पल्टैबाट सुरु गर्न सक्छन् भने अवस्था हेरेर ३-४ दिनमा नियमित काममा फर्किन सक्छन्।

About admin

Check Also

रक्षा गरुन,असार ११ गते शनिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय …

Leave a Reply

Your email address will not be published.