काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १२ को मतगणनामा भइरहेको छ । सुरुवातीदेखि अग्रता लिदैै आएका स्वतन्त्र उम्मेदवार बालेन साहले यो वडामा कमजोर सुरुवात गरेका छन् ।
वडा–१२ मा बालेन चौथो नम्बरमा रहेका छन् । यो वडाको अहिलेसम्म १५१५ मत गन्दा नेपाली कांग्रेसको सिर्जना सिंहले अग्रता लिइरहेकी छिन् ।
उनले ४५५ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका केशव स्थापितले ३४४, स्वतन्त्र उम्मेदवार सुमन सायमीले २२१ मत र बालेन साहले २१८ मत ल्याएका छन् । काठमाडौंमा १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न भएको छ ।
Read more
हलिउड पप गायिका रिहानाले छोरा जन्माएकी छन् । रिहानाले लस एन्जलसको एक अस्पतालमा मे १३ मा छाेरा जन्माएकी हुन् । र्यापर रकी रिहानाका प्रेमी हुन् ।
यी दुबै चाँडै विवाह बन्धनमा बाँधिने जनाइएको छ ।रकी र रिहाना लामो समयदेखि डेट गरिरहेका थिए । यद्यपि दुबैले २०२१ मा आफ्नो सम्बन्धलाई आधिकारिक बनाएका थिए ।
पिपल म्यागजिनका अनुसार रिहाना र रकी बच्चाको साथ लस एन्जलसको घरमा छन् । रिहाना अहिले पूर्णतया स्वस्थ छिन् र आमाबाबु दुवै धेरै उत्साहित छन् ।