Saturday , July 2 2022
Breaking News
Home / समाचार / दुर्घटनामा घाइते भएकी रेनुको यस्तो छ स्वास्थ्य अवस्था

दुर्घटनामा घाइते भएकी रेनुको यस्तो छ स्वास्थ्य अवस्था

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरीले जनाएको छ ।

मेयरदाहालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ । गाडी गुल्मी घर भइ ललिपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए ।

About admin

Check Also

पतिसँग पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी इन्दिरालाई पत्रकारले बच्चाबारे प्रश्न गर्दा दिइन् यति रमाइलो पाराले उत्तर

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी छन् । केही हप्ता …

Leave a Reply

Your email address will not be published.