काठमाडौ ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेतृत्वको सरकारले नून, तेल र ग्यास निःशुल्क दिने घोषणा गरेको छ ।प्रदेशका वित्तमन्त्री सुरेशकुमार खन्नाले बजेट प्रस्तुत गर्दै अन्त्योदय एवं पात्र गृहस्थी कार्डका आधारमा निःशुल्क खाद्यान्न, सोयाबिन तेल, आयोडिन नून र प्रधानमन्त्री उज्यालो योजनाअन्तर्गत २ एलपीजी सिलिन्टर रिफिल निःशुल्क वितरण गर्ने जनाएका छन् ।
अयोध्यामा सूर्यकुण्ड विकासका लागि १ अर्ब ४० करोड भारतीय रुपैयाँ विनियोजन गरिएको छ ।पेट्रोडलरलाई चुनौती दिँदै इरान र रुसले आआफ्नो राष्ट्रिय मुद्रामा कारोबार गर्ने
अयोध्यामा सूर्यकुण्ड विकासका लागि १ अर्ब ४० करोड भारतीय रुपैयाँ विनियोजन गरिएको छ ।पेट्रोडलरलाई चुनौती दिँदै इरान र रुसले आआफ्नो राष्ट्रिय मुद्रामा कारोबार गर्ने
इरान र रुसले आआफ्नो राष्ट्रिय मुद्रामा कारोबार गर्ने भएका छन् । पेट्रोडलरको वर्चस्वलाई उनीहरूले चुनौती दिने भएका हुन् । डलरको वर्चस्वका कारणले नै अमेरिकाले विश्वमा एकध्रुवीय प्रभुत्व जमाउने अवसर पाएको हो ।
रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बताए, ‘रुस र इरानले राष्ट्रिय मुद्रामा आर्थिक कारोबार गर्ने सहमति गरेका छन् । रुसी र इरानी पेमेन्ट कार्ड सञ्चालन गर्ने सम्भावनामा पनि हामी छलफल गरिरहेका छौं ।’
वर्तमान परिस्थितिमा रुस र इरानबीचको सहकार्य अन्यन्तै महत्त्वपूर्ण विषय बनेको छ । खाडी मुलुकहरूबाट हुने वस्तुहरूको आवागमनलाई बाधारहित बनाउनका लागि पनि यी दुई देशबीचको सहकार्य जरूरी छ ।
सरकारको नीति तथा कार्यक्रम कुन पार्टीको हो भनेर यकिन नभएको ओलीको भनाइ थियो । उनले भने, ‘यो सरकारै त्यस्तै छ जेरिजस्तै गुजुल्टिएको । कुनै नीति छैन, कहाँ पुग्ने ? कसको नीति ? यसको नीति के हो ?,’ उनले भने ।नीति तथा कार्यक्रममा गैरजिम्मेवार र अनुत्तरदायीपन देखिने ओलीको भनाइ थियो ।
‘यो दस्तावेज, नीति कार्यक्रमका नाममा आएको दस्तावेज देशमा स्थिरता र स्थायित्व हुन नदिने अस्थिरताका संवाहक शक्तिबाट अस्थिरताको चाहनाको साथ बनि बनाइएको गठबन्धन सरकारको अस्थिरताकै घोषणापत्र हो । अस्थिरताकै घोषणापत्रका रूपमा यो प्रस्तुत भएको छ,’ उनको भनाइ थियो ।