पोखरा – सम्पर्कबिहीन भएको तारा एयरको जहाज खोज्न जोमसोमबाट गएको फिस्टेल एयर हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ।
तारा एयरको जहाज लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्कविहीन भएको गृहमन्त्रालयले जनाएको छ।
सम्पर्कबिहीन जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर जोमसोमबाट त्यस क्षेत्र पुगेको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर जोमसोम फर्किएको छ। जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो ।
को को थिए सम्पर्कविहीन तारा एयरको विमानमा सवार यात्रुहरू ?
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन छ।
सम्पर्कविहीन ९ एनएईटी ट्विनअटर विमानको खोजी शुरु गरिएको छ।
क्याप्टेन प्रभाकर घिमिरेले उडाएको विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार छन्। सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा पनि विमानमा छन्।
विमानमा यात्रुहरु इन्द्रबहादुर गोले, पुरूषोत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ हुनुहुन्छ।
यस्तै सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर पनि सम्पर्कविहीन उक्त विमानमा सवार हुनुहुन्छ।