Wednesday , August 17 2022
Breaking News
Home / अन्तरास्ट्रिय / इटालीलाई हराएर अर्जेन्टिना च्याम्पियन

इटालीलाई हराएर अर्जेन्टिना च्याम्पियन

लन्डन — लियोनल मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतले कोपा अमेरिका विजेता अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई वेम्बलीमा बुधबार राति ३–० ले पराजित गर्दै फाइनलमा २०२२ जितेको छ ।अतुलनीय मेसीबाट प्रभावित अर्जेन्टिनाले पहिलो हाफमा दुई गोल गरेको थियो ।

यी गोल लउटारो मार्टिनेज र एन्जेडल डि मारियाको नाममा रहे । पउलो डेबालाले अर्जेन्टिनाका लागि तेस्रो गोल थपे । पेरिस सेन्ट जर्मेन (पीएसजी) का ३४ वर्षीय मेसीले खेलमा सबैको मन जित्ने प्रदर्शन गरे र आफूलाई फेरि एकपल्ट विश्व फुटबलकै उत्कृष्ट खेलाडी साबित गरे ।

अर्जेन्टिनाले कोपा अमेरिका २०२१ मा ब्राजिललाई हराएर उपाधि जितेको थियो र यस वर्ष कतारमा हुने विश्वकपका लागि पनि छनोट भइसकेको छ । अर्जेन्टिनाले २८ वर्षको पर्खाइपछि कोपा अमेरिका जितेको थियो । अहिले ३२ खेलको अपराजित यात्राबाट गुज्रिरहेको अर्जेन्टिना विश्वकप उपाधिका लागि पनि बलियो प्रत्यासी बनेको छ ।

About admin

Check Also

एकाएक आकासमा देखियो अनौठो रातो प्रकाश, सबै चकित

वासिङटन । अमेरिकालगायत विश्वका धेरै स्थानमा गत साता थुप्रै व्यक्तिले आकासमा रहस्यमय प्रकाशपुन्ज देखेको दाबी …

Leave a Reply

Your email address will not be published.