Wednesday , June 29 2022
Breaking News
Home / समाचार / स्कुल गएकी बालिकालाई भारत बेच्न लागेको अवस्थामा प्रेमी प्रेमिका विराटनरबाट पक्राउ

स्कुल गएकी बालिकालाई भारत बेच्न लागेको अवस्थामा प्रेमी प्रेमिका विराटनरबाट पक्राउ

विराटनगर । डान्स क्लास हिँडेकी झापा बिर्तामोडकी १३ वर्षीया बालिकालाई भारतमा बेच्न लागेको अवस्थामा मानव तस्करका सदस्य पक्राउ परेका छन् ।

शनिबार स्कुलमा डान्स क्लास छ जान्छु भन्दै हिंडेकी बालिकालाई भारत लगेर बेच्न योजना उनीहरुको रहेको खुल्न आएको छ ।

स्कुल गएकी छोरी शनिबार अबेरसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गरे, तर भेटेनन् । भोलिपल्ट पनि नआएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका थिए ।

शनिबार घरबाट स्कुल जान्छु भन्दै आउन सिकाएर बालिकालाई त्यस दिन राति हिराकुमार सहनीको डेरामा राखिएको थियो । भोलिपल्ट भारततर्फ लैजाँदै गर्दा पक्राउ गरेको प्रहरीको दाबी छ ।

बालिकालाई भारत लगेको आरोपमा प्रहरीले भारत मजतपुर घर भई झापाको बिर्तामोड नगरपालिका– ५ मुर्तीचोकमा डेरा गरी बस्दै आएका २३ वर्षीय हिराकुमार र बाराको कोल्वी नगरपालिका – ४ की १९ वर्षीय सिरिसा सिंह महथालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु प्रेमीप्रेमिका रहेको प्रहरीको दाबी छ ।

बालिकालाई बेच्न लगेको आशंका छ । पक्राउ परेका दुई जनालाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठको भनाई थियो ।

About admin

Check Also

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ …

Leave a Reply

Your email address will not be published.