Wednesday , June 29 2022
Breaking News
Home / आर्थिक / फेरि सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

फेरि सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ घटेको छ । शुक्रबार छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाली बजारमा अघिल्लो दिन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । तेजावी सुन विहीबार भने ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।Civil Bank

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले सस्तिएर १ हजार २४० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन भने १ हजार २५० रुपैयाँ खरिदबिक्री भएको महासंले जनाएको छ ।

About admin

Check Also

घट्यो सुनको मूल्य

काठमाडौं, ८ असार: नेपाली बजारमा बुधबार सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ । सोमबार …

Leave a Reply

Your email address will not be published.