काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले ७३ बर्षको उमेरमा नयाँ पार्टी घोषणा गरेका छन्।
गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन्।
नेकपा एमालेबाट अलग भएर बसिरहेका नेता गौतमले आज ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामक पार्टी खोलेका हुन।
पत्रकार सम्मेलनमा उनले आफूले जिवनको महत्वपूर्ण समय नेपालको राजनीतिक आन्दोलनमा खर्चेको बताउँदै अबको समय एकिकृत कम्युनिष्ट पार्टी बनाउनमा लाग्ने बताए।
आफूलाई मृत्युको बोध पनि भएकोले बाँकी जीवन विगतमा जस्तै देश र जनताको हितमा समर्पित गराउने उनको भनाई छ।
उनले भने, ‘आज म ७३ बर्षको भए छु म अब कति नै बाँच्छु। जन्मेपछि मृत्यु हुन्छ यो बुझेको छु।’
नयाँ पार्टीको संयोजकमा वामदेव गौतम आफै छन्। पार्टीको केन्द्रीय कमिटीमा ७५ जना सदस्य रहेनछन्।