Wednesday , August 17 2022
Breaking News
Home / मनोरंजन / यसपालिको रोपाइँमा पनि अस्मिता जुरेलीमाथि दुर्व्यवहार, अपरिचित पुरुषले हिलोमा पछारेपछि विवाद

यसपालिको रोपाइँमा पनि अस्मिता जुरेलीमाथि दुर्व्यवहार, अपरिचित पुरुषले हिलोमा पछारेपछि विवाद

काठमाडौं । गत वर्षको असार १५ मा दोहोरी गायक छत्र साउदसँग हिलोमा डुबुल्की मारेर भाइरल बनिन् रेस्लर अस्मिता जुरेली । धेरैले उनलाई रोपाइँका नाममा उच्छृङ्खलता देखाएको भनेर आलोचना समेत गरे । यद्यपि, उक्त घटनामा छत्रले एकाएक अस्मितालाई समातेर हिलोमा पछारेका थिए ।

यसपालिको रोपाइँमा पनि उनीमाथि फेरि गलत हरकत भएको छ । युवा संघले आयोजना गरेको रोपाइँ कार्यक्रममा भाग लिन उनी भैंसेपाटी पुगेकी थिइन् ।एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथि थिए भने युवा नेता महेश बस्नेतको पनि सहभागिता थियो ।

रोपाइँ कार्यक्रममा रमाइरहेका बेला एक अपरिचित पुरुषले आफूलाई एक्कासि कम्मरमा समातेर हिलोमा पछारेको अस्मिताले बताइन् ।‘म आफ्नै धुनमा थिएँ, एक जना चिन्दै नचिनेको व्यक्तिले बलपूर्वक समातेर हिलोमा लडाएपछि स्तब्ध भएँ,’ उनले सुनाइन् ।

ती व्यक्तिले आफूलाई गलत नियतका साथ हातपात गरेको अस्मिताको आरोप छ ।‘म रोपाइँ उत्सवमा रमाइलो गर्न गएकी थिएँ, तर युवा संगठनकै एक व्यक्तिबाट दुर्व्यवहारको शिकार भएँ,’ उनले भनिन् ।लडाए लगत्तै अस्मिताले प्रतिकारको प्रयास गरेकी थिइन् । तर, ती पुरुषले आफूलाई हात र घाँटीमा अँठ्याएको तथा कपडासमेत च्यातिदिएको उनको आरोप छ ।

सार्वजनिक भएको एक भिडियोमा एक बलिष्ठ पुरुषसँग अस्मिताले टकराब गरिरहेको देखिन्छ । उनले पुरुषको कपडा तानेकी छन् भने पुरुषले उनलाई बलियोसँग अँठ्याएका छन् ।उनीहरुबीच घम्साघम्सी परेपछि युवासंघका अन्य व्यक्तिहरू आएर छुट्याएका थिए ।

सो घटना हुँदा प्रमुख अतिथि पोखरेल हिँडिसकेका थिए । महेश बस्नेत पछि थिएनन् । अभिनेत्री करिश्मा मानन्धर पनि उक्त रोपाइँमा सहभागी थिइन् । घटना हुँदा उनी पनि त्यहीँ उपस्थित रहेको जुरेलीको दाबी छ ।आफूमाथि दुर्व्यवहार गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाहीमा जान सक्ने उनले बताइन् ।

About admin

Check Also

हनिमुनका लागि कैलाश पर्वत जाँदै छन् हरिहर र नीता

काठमाडौं – विवाहपछिको पहिलो अन्तर्वार्तामा अभिनेत्री निताले मिलेसम्म हनिमुनका लागी कैलाश पर्वत जाने बताएकी छन् …

Leave a Reply

Your email address will not be published.