Wednesday , August 17 2022
Breaking News
Home / समाचार / दक्षिणकालीमा भएको थियो गोप्य विवाह, दिनभरि ढोकामा चुकुल लगाएर…

दक्षिणकालीमा भएको थियो गोप्य विवाह, दिनभरि ढोकामा चुकुल लगाएर…

सुर्खेत जिल्लाको साविक मालापानी गाउँपालिमा जन्मेकी हुन् लोकगायिका दिलमाया सुनार । उनका बुबाआमाका ५ छोरी छन् भने छोरा छैनन् । दिलमाया माइली हुन् ।

दिलमायाका बुबाआमाको आर्थिक अवस्था कमजोर छ । उनीहरूले सुर्खेतमा भएको जग्गा-जमिन बेचबिखन गरिसकेका छन् । पाँचवटै छोरीहरू बिहे गरेर गइसके । साहिँली छोरीको पनि दिलमायाको जस्तै घर बिग्रिएको छ । उनका श्रीमान् ५-६ वर्षदेखि सम्पर्क छैनन् । आफ्नो र सन्तानको भरणपोषणका लागि वैदेशिक रोजगारी गर्न उनी कुवेत गएकी हुन् । उनै छोरीले खजुरामा बनाएको घरमा बुबाआमा बसिरहेका छन् ।

दिलमायाका पहिलो विवाह आफ्नै नाताभित्रको व्यक्तिसँग भएको थियो । नाताले फुपूको छोरासँग विवाह गरेपश्चात एक छोरा जन्मिए । तर, श्रीमान् र श्रीमतीको सम्वन्ध भने राम्रो हुन सकेन । दिलमाया पहिल्यैदेखि कलाकारितामा आउन चाहिन्थन् । तर, यसमा श्रीमानको समर्थन थिएन । अन्ततः उनले वैदेशिक रोजगारी रोजिन् र कुवेत पुगिन् ।

कुवेतमा दिलमायाले करिब डेढ वर्ष काम गरिन् । तर, सोचेजस्तो नभएपछि स्वदेश फर्किइन् । फर्केपछि पनि श्रीमान्‌सँग सम्बन्धमा सुधार आएन । श्रीमान् रक्सीको कुलतमा रहेको र आफूलाई सधैँ पिट्ने गरेकाले सम्बन्ध बिग्रिएको दिलमायाले साथीभाइहरूसँग बताएकी छन् । साथै, श्रीमान्‌को अरु केटीहरूसँग पनि सम्बन्ध रहेको उनको आरोप छ । अन्ततः उनीहरूले औपचारिक सम्बन्धविच्छेद गरे । श्रीमान्‌ले अहिले दोस्रो श्रीमती बिहे गरेका छन् ।

श्रीमानसँग अलग्गिएपछि छोरालाई उनकै जिम्मामा सुम्पेर दिलमाया फेरि वैदेशिक रोजगारीका लागि ओमान गइन् । त्यहाँ उनलाई झन् घात भयो । यहाँबाट जे कामका लागि भनेर लगिएको थियो, त्यो पाइनन् । एउटा परिवारले उनलाई बन्धकजस्तो बनाए । बहिनीले उद्धार गरेर नेपाल फर्काइन् ।

दिलमायामा सानैदेखि गायनको सोखिन थियो । उनको स्वर मिठो थियो । तर, पहिले बुबाआमाले र पछि श्रीमान्‌ले कलाकारितामा आउन उनलाई रोकावट गरे । बुबाआमा छोरीले ‘घर गरेर खाएको’ हेर्न चाहन्थे । अर्को बिहे गरेर छोरा रेखदेख गरेर बसुन् भन्ने उनीहरूको इच्छा थियो । उनीहरूले काठमाडौं नबस्न छोरीलाई सुझाव दिएका थिए । तर, दिलमायाले मानिन् । उनले लोकदोहोरीमै सक्रिय रहने अठोट लिइन् ।

करिब ३ वर्षदेखि काठमाडौंमा दिलमायाको कलाकारिता संघर्ष सुरू भयो । उनी दोहोरी साँझमा गाउन थालिन् । कमाइ सीमित थियो । त्यसबाट जोगाएर पूर्वपतिसँग रहेका छोरालाई पनि उनी बेलाबखत पैसा पठाइदिने गर्थिन् ।

नेपालटारमा एउटा कोठा भाडामा लिएर कठीन जीवनयापन गरिरहेकी थिइन् । उनीसँग निकट कलाकार कमल सरगमका अनुसार दिलमायामा डिप्रेसनका स्पष्ट लक्षणहरू थिए । यद्यपि औषधि सेवन गरेको वा नगरेको जानकारी नरहेको सरगमले बताए ।

त्यसो त दिलमायाको सिउँदो रंगाए पनि श्रेष्ठले उनलाई श्रीमतीको दर्जा दिएका थिएनन् । सम्भवतः पहिलो श्रीमतीसँग डिभोर्स गर्ने आश्वासन दिएर श्रेष्ठले दिलमायालाई दुलही बनाएका थिए । तर उनले उक्त आश्वासन पूरा गरेनन् । बरु दिलमायालाई नै पन्छाउने प्रयास थाले ।

विवाह गरे पनि आफूसँग बस्नै इन्कार गरेपछि दिलमाया उनीसँग निराश बन्दै गएकी थिइन् । श्रेष्ठ महिनामा एकाधपटक राति-राति दिलमायाको कोठामा गएर बस्थे । उनले दिलमायालाई आफ्नो परिवारमा भित्र्याएनन् । दिलमाया श्रीमान्‌प्रति समर्पित थिइन्, तर श्रेष्ठले उनीसँग केवल आफ्नो कामवासना पूर्तिका लागि सम्बन्ध राखिएको निकटस्थहरूको भनाइ छ ।

सून व्यवसायी श्रेष्ठले दिलमायालाई आर्थिक सहयोग भने गरिरहेका थिए । दिलमायाको कोठाभाडा प्राय उनले नै तिरिदिने गरेको घरबेटीले बताएका छन् । तर, पछिल्लो समय उनी दिलमायासँग छुट्कारा पाउने प्रयासमा थिए । उनले दिलमायालाई दोहोरी साँझ छोड्न दवाव दिन थाले । उनले दोहोरी साँझमा काम गर्दा आफ्नो ‘इमेज बिग्रिने’ श्रेष्ठको भनाइ थियो । अन्ततः श्रीमानको दबाबमा परेर दिलमायाले करिब ६ महिनाअघि दोहोरी साँझको काम छोडिन् ।

गत फागुनमा भएको टुबोर्ग दोहोरी गीत प्रतियोगितामा उनले भाग लिएकी थिइन् । १६० जना सहभागी त्यस प्रतियोगितामा दिलमायाले उत्कृष्ट आवाजकी गायिकाको अवार्ड जितिन् । त्यसले उनको करिअरमा अलिकति उत्साह थपेको थियो ।

पछिल्लो समय आर्थिकरूपमा समस्या पर्न थालेपछि दिलमायाले फेरि विदेशिने योजनामा बनाएकी थिइन् । उनले आफूसँग अलग हुने भए १० लाख रूपैयाँ दिनुपर्ने सर्त श्रीमान्‌सँग राखिन् । श्रीमान्‌ले ५ लाख रूपैयाँ दिन सक्ने बताए । तर, पछि पाँच लाख पनि नदिएपछि विवाद बढेको निकटस्थहरूले प्रहरीसँगको बयानमा बताएका छन् ।

उनले स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन्, ‘मेरा लागि पाँचवटै छोरी हातका पाँच औंला सरह हुन् । सबैलाई उस्तै माया गर्छु । हामी आफैं बुढाबुढी छौं । छोरीहरूको सहारामा बाँच्नुपरेको छ । हामीले चाहेर पनि उनलाई सहयोग गर्न सक्ने अवस्था थिएन ।’चिरन्जिबी पौडेल / नेपाल प्रेस

About admin

Check Also

काठमाडौं उपत्यकामा एकैदिन निषेधित क्षेत्रमा हर्न बजाउने १४६ चालकमाथि कारवाही

काठमाडौं, १ भदौ : ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १८७ जना सवारी चालकलाई …

Leave a Reply

Your email address will not be published.