काठमाडौं। नेपालकी चर्चित अभिनेत्री प्रियंका कार्की आजभोलि छोरी आयांकाको रेखदेखमा व्यस्तछिन्।
गत असोज महिनामा प्रियंका आमा बनेकी थिइन्। सन्तान जन्मिएको ९ महिना भएपछि भने प्रियंका जिम पनि जान्छिन्।
आमा बनेपछि पौष्टिक आहार खानुपर्छ। लामो समयसम्म शरीरलाई आराम दिनुपर्ने हुँदा उनी मोटाएकी थिइन्। यतिबेला उनी जिममा वजन घटाइरहेको पनि भेट्न सकिन्छ।
सामाजिक संजालमा सक्रिय उनी छोरीसँगको फोटोहरु पनि पोस्ट गरिरहन्छिन्। यहाँ उनको र छोरीको फोटो समावेश छ।