Wednesday , August 17 2022
Breaking News
Home / समाचार / डाँफे होटलमा घट्यो डरलाग्दो घटना, श्रीमान विदेशमा रहेकी महिलाले…

डाँफे होटलमा घट्यो डरलाग्दो घटना, श्रीमान विदेशमा रहेकी महिलाले…

काठमाडौं, असार २० ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित स्टल बजारमा रहको डाँफे होटलमा ३५ वर्षिया युवा मृत फेला परेका छन् । कमलामाई नगरपालिका ४ धुराबजारका सुमन विक आइतबार राती होटलको एक कोठामा मृत फेला परेको सिन्धुली प्रहरीले जनाएको छ ।

उक्त कोठामा एक महिला पनि सँगै रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घ्याङलेख गाउँपालिका ३ कि ३५ वर्षिया महिलालाई नियन्त्रणमा लिएको छ । मृतक विकको शव जिल्ला अस्पतालमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक विकको घाँटीमा डाम देखिएको होटलका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार महिला र मृतक विक आइतबार दिउँसो देखिनै होटलमा बसिरहेका थिए ।

ती महिलाले होटलको कर्मचारीको कोठामा गई आफूले मान्छे मारेको र प्रहरीलाई बोलाउन आग्रह गरेको ती कर्मचारीले बताए । ती कर्मचारीका अनुसार कोठामा पुग्दा विक मृत भेटिएका थिए ।

महिलाका श्रीमान भने विदेशमा रोजगारीमा रहेका छन् । साेही घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About admin

Check Also

काठमाडौं उपत्यकामा एकैदिन निषेधित क्षेत्रमा हर्न बजाउने १४६ चालकमाथि कारवाही

काठमाडौं, १ भदौ : ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १८७ जना सवारी चालकलाई …

Leave a Reply

Your email address will not be published.