इलामको सूर्योदय नगरपालिका-११ निवासी ३६ वर्षीय प्रेम आचार्य एकजना व्यवसायी रहेको खुलेको छ। इलाममा उत्पादित अकबरे खोर्सानी, गुन्द्रुक, तामाको अचार र घ्युसहितका स्थानीय उत्पादनको व्यापार गर्दै आएका उनले संसद भवनअगाडि आ,त्मदाह प्रयास गर्नुअगाडि फेसबुकमा भावुक स्टाटस लेखेका थिए।

पेट्रोल खन्याएर आ,त्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको छ। उनलाई अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। तर चिकित्सकहरुले उनलाई बचाउन कठिन संघर्ष गर्नुपरेको बताएका छ्न।

उनले आ,त्मदाह प्रयासअगाडि फेसबुकमा ६ हजार ५३५ शब्द लामो आ,त्मलाप लेखेका छन्। आफूले आ,त्मदाह गर्नुपर्ने कारणसहित जीवनको लामो भोगाइको वर्णन उनले त्यसमा गरेका छन्।

उद्यमीको परिचय बनाइसकेका उनले आफूले जीवनमा गरेका अनेक प्रयास असफल भएपछि यो कदम चाल्नुपरेको वर्णन गरेका छन्। उनले यति लामो स्टाटस लेखेपछि पनि उनका ग्राहकहरुले अकबरे खोर्सानीसहितको सामान चाहिएको तर फोन नउठाएको बताएका छन्।