Wednesday , January 26 2022
Breaking News
Home / समाचार / जुत्ता चोर्न पुगेकी युवती आफू सिसी क्यामेराको निगरानीमा रहेको थाहा पाएपछि लजाउँदै भागिन् (भिडियो सहित)

जुत्ता चोर्न पुगेकी युवती आफू सिसी क्यामेराको निगरानीमा रहेको थाहा पाएपछि लजाउँदै भागिन् (भिडियो सहित)

कतै तपाईं`को चोरी गर्ने बानी त छैनरु चोरी गर्ने बानी एक किसिमको मानसिक रोग हो । यस रोगबाट पी`डित रोगी साधारण चोरको जस्तो समाजकोलागी खतरा या घातक हुँदैनन् । किनभने ऊ कुनै व्याक्तिगत फाईदा या जीवनयापनको लागि भनेर चोरी गर्दैन ।

अक्सर यस्ता मानि`सहरु साधन सम्पन्न हुन्छन् र त्यतिकै आत्मसन्तुष्टीको लागीमात्र आफूलाई मनपरेको सामान चोरी गर्ने गर्दछन् । जुनवस्तुको वास्तवमा उनिहरुलाई आवश्य`कता पनि हुँदैन । चोरी गरिसकेपछि यिनिहरुलाई एककिसिमको आनन्दको अनुभुति हुन्छ । पुरुष`हरुको तुलनामा महिलाहरुमा यस किसिमको चोर्नेबानी बढी नै हुन्छ ।

कानूनि कार`वाई तथा लोक`लाजको डरले गर्दा मानिस यसको उप`चार गराउन मान्दैनन् र पन्छिने गर्छन् । यसको मुलभुत समस्या भनेको रोगी स्वंय आफूलाइ कन्ट्रोल गर्न सक्दैन । नत स्वंय आफ्नो विवेकले काम गर्न सक्छन् ।

यस बानीले यिनिहरुलाई आत्मग्लानि, डर, स्वंय`लाई दोषी मान्नु, भित्र अन्तरद्वन्द्व चल्नु जस्ता भावनात्मक समस्याहरुबाट लगातार पीडित भइरहेका हुन्छन् । परिवारजनलाई पनि समाजमा लज्जितहुनु पर्ने हुन्छ ।

यो पढ्दा शायद तपाईं`लाइ हाँस्यपद कुरा लाग्छ होला तर यो समस्याको भयावता त मात्र यसबाट पीडित रोगी तथा रोगिको परिवारले मात्र बुझ्न सक्छन् । विदे`शमा पनि चर्चित हस्ति`हरु जस्तै बेलायतकी महारानी जोर्ज पाँचौं, केही प्रख्यात फिल्म अभिनेत्रीहरु पनि यस केलेप्टोमे`निया डिसअर्डरको शिकार भएका थिए ।

नेपालमा यस सम`स्या प्रति जाग`रुकताको कमी छ तथा चोरी गर्नुलाई ठूलै अपराध मानिन्छ । चोरी गर्दा पक्राउ पर्योम भने बदनामी हुनुको साथै कहिले काँही त गाली(गलौज तथा मारपिट हुने अवस्था पनि आउँछ । यस्ता व्यक्ति`हरुको उचित समयमा सहि ढगंले उपचार गराउने र बिरामीलाई आपसी सहयोग दिने हो भने निश्चित`रुपले यस समस्या`बाट छुटकारा मिल्न सक्छ ।

यस समस्या`लाई हल्का|रुपमा लिनु भने हुँदैन । यस रोगबाट पीडित व्यक्तिसगं टाढा भएर, उसको बहिष्का`र गर्नु हुँदैन । यस रो`गको उपचार गाली गरेर या त्यस व्यक्तिको बेईज्जत गरेर हुँदैन ।

के हो क्लेप्टोमेनिया?

जब रोगी विना मतलव कुनै वस्तुको चो`री गर्दछ भने त्यसलाई क्लेप्टोमेनिया भनिन्छ । यस रोगमा व्यक्तिलाई बारम्बार चोरी गर्ने बानी लाग्छ । उ कुनै`पनि वस्तु चोर्न सक्छ जस्तै– पसलको सामान, मानिस`हरुको सामान, अफिसको सामान तथा साथि`भाइहरुको सामान पनि चोरदछ ।सामान्य चोरी गर्ने र क्लेप्टो`मेनिया भएका व्यक्तिहरुमा धेरै फरक हुन्छ ।

एउटा सा`धारण चोरले आफ्नो आवश्य`कताको सामान`हरु नै चोरी गर्दछ भने क्लेप्टोमेनिक ९चोर्ने ईच्छा० व्यक्ति प्राय जसो यस्तो सामान चोरी गर्दछ जुन सामानको उस`लाई कामै लाग्दैन र पछि त्यस समान`लाई फ्याँकी पनि दिन्छ । उसले यो कार्य आफ्नो ईच्छा`लाई शान्त पार्नको लागी मात्र गरे`को हुन्छ ।

होटलबाट चम्चा, तौलिया, नेप्किन, जस्ता सामान चोरीगर्ने धेरैजसो व्यक्तिहरुले कुनै लोभ(लालचले चोरी गरेका हुँदैनन्, यसरोगबाट पीडित भएर नै यस्तो कार्य गर्छन् । यो समस्या कुनैपनि उमेरका व्यक्तिमा हुन्छ ।

कारण- यो मानसिक रोग`को कारण यही नै हो भनेर ठोकुवा गर्न मिल्दैन । यसको वास्त`विक कारण थाहा हुन सकेकै छैन । मनो`विद्हरुको भनाई अनुसार यसका केही थाह भएका कारण भने छन् । परिवा`रमा कसैलाई क्लेप्टोमे`निया छ भने अन्य सदस्य`लाई पनि हुने बढी सम्भावना रहन्छ । मष्तिस्क`मा रसायन पदार्थमा बदलाव हुनु, यसमा सेरोटिन व्याप`कस्तरमा परिवर्तन हुन्छ र कम हुन्छ ।

यस कारणले पनि यो स`मस्या हुनसक्छ । यदि शुरुको अवस्था`मा चोरी गरेको अप`राधमा कसैलाई दन्ड(सजाय दिईंदैन र यतिकै छाडिन्छ भने, यसो गर्नुको मतलब त्यस`लाई चोरी गर्न प्रोत्सा`हन दिनु हो । जसले गर्दा उसमा चोरी गर्ने बानी बस्दै जान्छ । जुन व्यक्तिमा यो समस्या हुन्छ ।

उसलाई अन्य मानसिक समस्या जस्तै व्यग्रता, बाई`पोलर डिसअर्डर, ओसिडी, तथा अन्य मानसिक समस्याहरु पनि हुनसक्छ ।लक्षण( क्लेप्टो`मेनियाको लक्षण यहि नै हो भनेर भन्न बढो गाह्रो छ । पीडित व्यक्तिले त्यस्ता खाले सामान`हरु चोर्छद्द् जसको उसलाई आवश्य`कता छैन ।

चोरी गर्नुभन्दा अगाडि त`नाव र चोरी पछि खुशी र सन्तुष्टी महशुस गर्नु । सामान चोरी गरे`पछि उदास हुनु र कानुनी कार`वाही गर्लान कि भन्ने डर लाग्नु । बारम्बार चोरी गर्न मन लाग्नु आदी । मनमा चोर्ने इच्छा तिब्र रुपमा जागेर आउनु र आफू`लाई रोक्नसक्नु ।

यस रोगबाट कसरी बाहिर निस्किने ?

यो केवल मानसिक रोग हो भन्ने परिवारको सदस्यले सबैभन्दा पहिला बुझिदिनु पर्छ । यस रोगबाट ग्रसित व्यक्तिहरु आफ्ना परिवार तथा ईष्टमित्रहरुको सामुने लज्जित हुनु वा हप्पकिखानुबाट बच्नको लागि आफ्नो यथार्त कुरोलाई सक्दो लुकाउने गर्दछन् ।

जसले गर्दा यो समस्या धेरैजसो लामो समयसम्म देखिन्छ । यदि तपाईं क्लेप्टोमेनिक हो भने सबैभन्दा पहिले आफ्नो समस्याको बारेमा आफ्नो परिवारको सदस्यहरुलाई भन्ने र परिवारजनले पनि पीडित व्यक्तिको समस्यालाई मजाक बनाउनुको सट्टा गम्भिरता पूर्वक लिने ।

साईकोलोजिष्टको भनाईनुसार जो व्यक्ति यसरोगबाट पीडित छ उसले एकलै बस्नु हुँदैन । साथीभाइहरु वा आफन्तको बीचमा बस्नु राम्रो हुन्छ । डिप्रेशनबाट बच्नु पर्छ । जब चोरी गर्ने तिव्र ईच्छा मानमा जाग्रीत भएमा आफन्तलाई भन्ने र परिवारका सदस्यले पनि उसको ध्यान अन्तै लानको लागि उसलाई कुनै काममा लगाउने ।

उपचार

यस रोगबाट पीडित व्यक्तिले चाहेमा यस रोगबाट मुक्त हुन सक्छन् । यसको लागि आवश्यक छ सही उपचार, मजबुत ईच्छाशक्ति तथा साथिभाई र आफन्तहरुको भावनात्मक सहयोग । यसको उपचारमा साईकोथिरापी र औषधि दुवैको प्रयोग गर्ने गरिन्छ ।

साईकोलोजिष्टले यसलाई एडिक्टिव डिसआर्डर र आब्सेसिभ कम्पल्सिभ डिसअर्डरको श्रेणिमा राख्दछन् । यसको लागी काउन्सलिंग गरिन्छ । काग्निटिव बिहेभिएरियल थिरापीबाट पनि त्यसता व्यक्तिमा रहेको नाकारात्मक व्यवहारलाई बद्लिन र साकारात्मक व्यवहारलाई बढाउन कोशिश गरिन्छ । – समाचार स्रोत कान्तिपुर

यहाँ पनि विभिन्न चोरीको भिडियो हरु समेटेर भिडियो तयार गरिएको छ । हेरौ उक्त भिडियो

About admin

Check Also

भाइरल भइरहने रोगहरु रुखाखोकी, ज्वरो, घाँटी दुख्ने रोगको लागि घरमै उपचार

यो मौसममा रुखाखोकी, ज्वरो, घाँटी दुख्ने जस्ता बिमारी फैलिएका छन्। यी स-साना भाइरल भइरहने रोगहरुको …

Leave a Reply

Your email address will not be published.