काठमाडौ । शुक्रवार बांके नेपालगन्जमा एक परिवारका दाजुभाईका लागि निकै राम्रो समय बनेको छ । शेरबहादुर देउवा नेतृत्वको संघीय सरकारमा मन्त्री बनेका एक जना नेताका भाई पनि उता लुम्बिनी प्रदेशमा मन्त्री बनेका छन् । देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका गजेन्द्र हमालका सहोदर भाइ सुरेन्द्र हमाल पनि लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री बन्ने भएका छन्।
उनलाई नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रीका लागि सिफारिस गरिसकेको छ। अब सपथ लिन मात्र बाँकी छ । बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हमालले आफ्नो नाम मन्त्रीका लागि सिफारिसमा परेका पुष्टि गरेका छन्। यता दाईले मन्त्रीको सपथ लिँदै गर्दा उनको पनि नाम सिफारिसमा परेको हो ।
उनले आइतबार मन्त्रीका लागि सपथ ग्रहण हुन सक्ने समेत बताएका छन्। हमाल बाँकेबाट प्रदेशसभा निर्वाचनमा एकमात्र कांग्रेस नेता हुन्।
हमाल बाँकेबाट प्रदेशसभा निर्वाचनमा एकमात्र कांग्रेस नेता हुन्। उनले २०३५ सालदेखि कांग्रेसमा विद्यार्थी राजनीति सुरु गरेका थिए।
सांसद हमालले २०३७ सालमा नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सचिव, २०४२ मा स्ववियु सभापति र २०४४ मा फेरि स्ववियु सचिवको जिम्मेवारी सम्हाली सकेका छन्।