Sunday , October 17 2021
Breaking News
Home / समाचार / बानेश्वरको आकाशे पुलमा चढेर युवकले …..

बानेश्वरको आकाशे पुलमा चढेर युवकले …..

दशैंको मुखमा मानिसहरु सबै रमाइलोमा ब्यस्त छन् । तर काठमाण्डौंमा बिरक्तिएका एक युवाले भने सन्सारै छोड्ने निष्कर्षमा पुगेका छन् । उनी आफूले अब यो सन्सार नै छोड्ने भन्दै काठमाडौंको नयाँ बानेश्वरस्थित नवनिर्मित आकासेपुलमा चढेका थिए । तर प्रहरी सक्रियताका कारण ती युवकको उद्धार गरिएको छ । सोमबार साँझ ८ बजे ती युवक पुलमा चढेर हा’म फा’ल्ने प्रयास गरेका थिए । यो थाहा पाएपछि प्रहरी र स्थानीयले हा’म फा’ल्नबाट रोकेका थिए ।

प्रहरीले उनको करिब साढे ८ बजे उद्धार गरेको छ । पुलको माथिल्लो भागमा चढेका ती व्यक्ति तीनकुने क्षेत्रतिर मुख फर्काएर बसेका थिए । प्रहरीले पुलमुनि भएर गुड्ने गाडीलाई परै रोकेको थियो भने एउटा लामो खाले ट्रक पुल मुनि मुख्य सडकको दायाँ बायाँ हुने गरि खडा गरिएको थियो ।

केही प्रहरी पुलमाथि चढेर युवकलाई ओर्लन आग्रह गरेका थिए तर, ती व्यक्ति हा’म फा’ल्ने बताइरहेका थिए । एक जना प्रहरी पुलको माथिल्लो भागमा चढेपछि भने युवक ओर्लने प्रयासमा अत्तालिएर पुलमा बजारिएका थिए । युवकलाई प्रहरीले अर्धचेत अवस्थामा सिभिल अस्पताल पुर्याएको छ । उनको परिचय खुलेको छैन ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *