मुगु – मुगुमा बस दुर्घटना हुँदा २३ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो ।
दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । दशैँमा घर जाने यात्रु बोकेको बस सडकबाट निकै तल ख’से’काे प्रमुख जिल्ला अधिकारी महतको भनाइ छ । भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीन लामिछानेका अनुसार बसमा ३९ जना यात्रु सवार थिए ।
उनीहरुमध्ये २२ जनाको मृत्यु भएको र घाइतेको उद्धार गरेर तत्कार्लै अस्पताल पुर्याइएको छ । उद्धारका लागि हेलिकप्टर समेत घटनास्थलमा पुगेको छ । अहिले प्रमुख जिल्ला अधिकारी महत र जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ । घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर घटनास्थलतर्फ गएको छ ।