Monday , January 24 2022
Breaking News
Home / समाचार / क्रिश्चियन भएर पनि अमेरिकी राजदूतले यसरी टीका र जमरा लगाएर मनाए नेपालीको दशैँ !

क्रिश्चियन भएर पनि अमेरिकी राजदूतले यसरी टीका र जमरा लगाएर मनाए नेपालीको दशैँ !

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नेपाली संस्कार अनुसार नै दशैँ मनाएका छन् । महाराजगञ्जस्थित अमेरिकी दूतावासमा उनले मान्यजनबाट टीका र जमरा ग्रहण गरेर दशैँ मनाएका हुन् ।

राजदूत बेरीले बालबालिका तथा अन्य व्यक्तिलाई आफूले पनि पनि टीका लगाइदिएका छन् । टीका तथा जमरा लगाएर खुसीसाथ दशैँ मनाएका तस्वीर उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

दशैँ मूलत नेपाली हिन्दूहरुको चाँड भए पनि सांस्कृतिक सद्भावस्वरुप अमेरिकी राजदूतले पनि दशैँ मनाएका हुन् । हिजो बिहान १०:०२ बजेदेखि नेपालीहरूले मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेर दशैँ मनाइएका थिए ।

चिनियाँ राजदूत यान्छीले दशैँको टीका लगाइनन्, अरुलाई लगाइदिइन् नेपालका लागि चिनिया राजदूत हउ यान्छीले आफ्ना सहकर्मीहरुलाई दशैँको टीका र जमरा लगाइदिएकी हुन् । तर उनी आफूले भने टीका लगाएको देखिएन ।

सामाजिक सञ्जालमार्फत दशैँ मनाइरहेका तस्वीर सार्वजनिक गर्दै राजदूत यान्छीले भनेकी छन्, ‘म मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।’

About admin

Check Also

खुशिको खबर्: नेपालमा आज संक्रमित घटे नयाँ को-रोना संक्रमित, संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि! (हेर्नुहाेस् विवरण सहित)

काठमाडौं । खुशिको खबर्: नेपालमा आज सं’क्रमित घटे नयाँ को-रोना सं’क्रमित, सं’क्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *